सिन्धुलीमा राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध

सिन्धुलीमा राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध
सुन्नुहोस्

सिन्धुली : जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट प्रदान हुँदै आएको राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भर प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा केही दिनदेखि प्रभावित बनेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रबिण कटुवालले सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र सेवा निर्वाध रूपमा सञ्चालन हुन नसकेको जनाएका हुन् ।  सेवामा आएको अवरोधका कारण सेवाग्राहीमा परेको असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्या समाधानका लागि मर्मत कार्य जारी रहेको रसेवा यथाशीघ्र सुचारू गराउन प्राविधिकहरू खटिइरहेका उल्लेख गरेका छन् ।

कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन कार्यालयमा आउनुअघि सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न वा कार्यालयको फेसबुक पेजमा प्रकाशित सूचना हेरेर मात्रै आउन आग्रह समेत गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.