आदित्य मोक्षधाममा ज्येष्ठ सदस्य सम्मान तथा तीर्थाटन कार्यक्रम
काभ्रे : पनौती नगरपालिका-२ को आयोजना तथा आदित्य मोक्षधामको संयोजनमा आज आदित्य मोक्षधाममा ज्येष्ठ सदस्य सम्मान तथा तीर्थाटन कार्यक्रम गरिएको छ।
ॐ आदि फाउण्डेशनका तर्फबाट गुरुपिता शेषराज दाहाल तथा आदित्य मोक्षधामका क्याप्टेन रामेश्वर थापाको उपस्थितिमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई, माला लगाई सम्मान गर्नुका साथै सर्वोत्कृष्ट आहार समेत वितरण गरिएको हो।
कार्यक्रममा सहभागीहरूले मौलिक संस्कृति, परम्परा, धार्मिक आस्था तथा ज्येष्ठ नागरिकप्रतिको सम्मान र उनीहरुको ज्ञान तथा अनुभवलाई समाजमा सदुपयोग गर्नुपर्ने विषयमा विशेष छलफल गरेका थिए।
वक्ताहरूले समाजमा ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ पुस्ताले उनीहरूको अनुभवबाट सिक्न आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा स्थानीय बाल क्लबमा संगठित नवयुवाहरूले आदित्य मोक्षधाममा पुगेर त्यहाँ सञ्चालन हुने गतिविधि, धार्मिक तथा सामाजिक महत्वका विषयमा जानकारी लिएका थिए। युवाहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए। कार्यक्रममा पनौती नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्य, पूर्व मेयर लगायत स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !