रोशी खोलाको बाढीमा फसेका ८९ यात्रुको सकुशल उद्धार
काभ्रे : काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीका कारण फसेका यात्रुको सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने चार सय वेशीस्थित रोशी खोलामा आएको बाढीका कारण पूर्वतर्फबाट आउँदै गरेका ५ वटा माइक्रोबसका ८९ जना यात्रु खोलामा फसेका थिए ।
फसेका यात्रुलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको सशस्त्र प्रहरीका एसपी माधव रेग्मीले जानकारी दिए । राति १ बजे सबै यात्रुहरुको उद्धार गरेर धुलिखेलतर्फ ल्याइएको रेग्मीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !