मर्मतपछि बीपी राजमार्ग खुल्यो, सतर्कता अपनाउन आग्रह

मर्मतपछि बीपी राजमार्ग खुल्यो, सतर्कता अपनाउन आग्रह
सुन्नुहोस्

काठमाडौं : गए राति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग मर्मतपछि हालका लागि पुनः सञ्चालनमा आएको छ । चौकीडाँडादेखि रोशी खण्डसम्म क्षतिग्रस्त सडक मर्मत गरी सवारी आवागमन सुचारु गरिएको ट्राफिक प्रहरी हवल्दार पवन अगस्तीले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान विभागका अनुसार अझै पनि वर्षा जारी रहने सम्भावना रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, आपतकालीन अवस्था सिर्जना भएमा वा सडकको अवस्थाबारे जानकारी लिन १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । 

वर्षाको कारण बीपी राजमार्ग हिजोदेखि बन्द गरिएको थियो । बीपी राजमार्ग रोशी गाउँपालिकाका ५ स्थानको ड्राइभर्सनमा रोशी खोला बाढीको कारण बाटो बन्द गरिएको थियो । घुमाउने, चौकीडाँडा, चार सय बेसी, चिउरीबास र बोक्सिकुनामा बनाएको ड्राइभर्सन मर्मतपछि अहिले बाटो खुलेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.