गर्भवती मृत्यु प्रकरण : छानविन समिति गठनपछि परिवारले बुझे गीताको शव

गर्भवती मृत्यु प्रकरण : छानविन समिति गठनपछि परिवारले बुझे गीताको शव
सुन्नुहोस्

बुटवल : गर्भपतन गराउँदा मृत्यु भएकी बगनासकाली गाउँपालिका–२ पाल्पाकी गीता पाण्डेको शव परिवारले बुझेका छन् । नेपाल मेडिकल काउन्सिलले छानविन समिति गठन गरेर अनुसन्धान शुरु गरेपछि परिवारले शव बुझेका हुन् । उनको शुक्रवार पाल्पास्थित राम्दी खोलामा अन्तिम दाहासंस्कार गरिएको पाण्डेका आफन्त पर्सुराज अर्यालले जानकारी दिए । 

२९ वर्षीय पाण्डेको बुटवलस्थित खत्री नर्सिङ होम, जोनल र इन्दुलेखा फार्मेसीमा डुलाउँदा डुलाउँदै मृत्यु भएको थियो । पाण्डेको पेटमा १२ हप्ताको गर्भ थियो । उपचारमा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.