स्वर्गद्वारी दुर्घटना अपडेट : एक बालिकाको मृत्युु, चालकसहित १७ जना रिफर
प्यूठान : भारतीय पर्यटक लिएर भिङ्ग्रीबाट स्वर्गद्वारी जाँदै गरेको जीप बिहीबार भिङ्ग्रीकोट नजिकै दुर्घटना हुँदा एक तीन वर्षीय बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा भारत उत्तराखण्ड प्रदेश महाराजगण जिल्ला थाना मेटौली बस्ने करननाथ मौरीयाको ३ वर्षीय छोरी काव्य मौरीया रहेको प्रहरीले जनाएको छ ।
घाइते सबै महाराजगण मेटौलीका भएको प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते चालकसहित १७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ । २ जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक भट्टराईले बताए । घाइतेमध्ये ६ जना बालबालिका रहेका छन् । सवारी चालक स्वर्गद्वारी नगरपालिका–९ का ३८ वर्षीय जगत नेपाली रहेका छन् । स्वर्गभूमि यातायात समितिको लु १ ज ३१७५ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया दिनुहोस !