खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु
तानसेन : पाल्पा र नवलपरासीको सीमाना अरुणखोलामा बारुद प्रयोग गरी माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
माछा मार्ने क्रममा घाइते पाल्पाको निस्दी गाउँपालिका-५ का ३८ वर्षीय खुमबहादुर सुनारीको रामपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
माछा मार्ने क्रममा बारुद पड्किएर घाइते भएका सोही स्थानका ३५ वर्षीय रोमनसिंह खरु मगरको हाल रामपुर अस्पतालबाट थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेनमा ल्याएको पाल्पा प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !