लागुऔषध कारोवारी पक्राउ गर्न रुपन्देही प्रहरीले चलायो गोली, दुईजना घाइते

लागुऔषध कारोवारी पक्राउ गर्न रुपन्देही प्रहरीले चलायो गोली, दुईजना घाइते
सुन्नुहोस्

बुटवल : रोहिणी गाउँपालिका–४ कोटहवा रुपन्देहीमा नेपाल प्रहरीले गोली हानेर भारतीय सिमानाकाहुँदै लागुऔषध ओसारपसार गर्ने कारोवारीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एफ ९९०१ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा प्रहरीमाथि नै ढुंगामुढा गरी आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । 

लागुऔषध नियन्त्रण ब्यूरो भैरहवाका प्रहरी नायव निरीक्षक सागर भट्टराईको टोलीले प्रहार गरेको गोली लागेर रोहिणी गाउँपालिका- २ खुरुहुरिया रुपन्देहीका विशाल यादव घाइते भएका छन् । उनको भैरहवास्थित भीम अस्पतालमा उपचार गरिएको छ । घाइते यादवको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

कारोवारीहरूले हानेको ढुंगामुढाबाट प्रहरी नायव निरीक्षक भट्टराई सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ । कारोवारमा संलग्न अन्य भारतीय दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

महाराजगंज पर्सामालिक ग्राम बिसुनपुरवा बस्ने १८ वर्षीय अरुण कुमार र सोही ठाउँका २० वर्षीय विनय पाण्डेय पक्राउ परेका छन् ।  प्रहरीले उनीहरूको साथबाट फेनारागन ११०० एम्पुल, डाईजोपम्म ११०० एम्पुल र बुफ्रिनुफ्रीन ११०० एम्पुल गरी जम्मा ३ हजार तीन सय एम्पुल नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.