ठूलो आवाजमा चलाउने १९ मोटरसाइकल नियन्त्रण

ठूलो आवाजमा चलाउने १९ मोटरसाइकल नियन्त्रण
सुन्नुहोस्

बुटवल : ठूलो आवाज निकालेर चलाउने १९ मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समाजमा ध्वनी प्रदूषण गरिरहेका उक्त संख्याका बुलेट मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो।
 
रातको समयमा बजारमा हो-हल्ला गर्ने र ठूलो आवाज निकालेर युवाहरूले मोटरसाइकल चलाइरहेको खबरपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको थियो। 

ट्राफिक नियम उल्लंघन गर्नेहरुविरुद्ध रुपन्देही प्रहरीले दिनहुँ चेकजाँचमा समेत कडाइ गरिरहेको छ। आफ्नो मातहत कार्यालयमा रहेका प्रहरीलाई चेकजाँचमा अझ कडाई गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी गराए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.