चारजना बिचौलिया पक्राउ
बुटवल : इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवलबाट दुईजना बिचौलियालाई नियन्त्रणमा लिएको छ। बुटवल उपमहानगरपालिका-१३ मा रहेको यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई ट्रायल छिटो गराई सवारीचालक अनुमतिपत्र बनाइदिने प्रलोभन दिएर बिचौलियाको काम गरिरहेका दुई जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार शिवराज नगरपालिका-३ खरेन्द्रपुर कपिलवस्तु निवासी २५ वर्षीय सरोज खनाल र रेसुंगा नगरपालिका-९ गुल्मी स्थायी ठेगाना भई हाल बुटवल १३ बेलवास बस्ने ३७ वर्षीय कुसुम मरासिनी पक्राउ परेका हुन्।
त्यस्तै, नापी कार्यालय भैरहवामा सेवा लिन आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनी बढी शुल्क लिएर बिचौलियाको काम गर्ने अन्य दुई जना पनि पक्राउ परेका छन्। ओमसतिया गाउँपालिका-३ बस्ने ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका-३ बस्ने ३० वर्षीय सुरेन्द्र मल्लाहलाई पक्राउ गरिएको सूचना अधिकारी चन्दले जानकारी दिए। पक्राउ परेका चार जनालाई प्रहरी थप अनुसन्धान अगाडि बढाइरहेको छ।
प्रतिक्रिया दिनुहोस !