कैलालीमा श्रीमतीकाे गोली हानेर हत्या गरेपछि आफैँमाथि चलाए गोली
धनगढी : कैलालीमा श्रीमतीको हत्या गरेर एक जनाले आफैँमाथि गोली चलाएक छन । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय राम बहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगर माथि गोली चलाएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रण बहादुर चन्दले बुधबार बेलुकी साढे ७ बजे घटना घटेको खबर पाएपछि प्रहरी घटनास्थल खटिएको बताए । ‘
प्रत्यक्षदर्शीहरुका अनुसार राम बहादुरले श्रीमती संजितालाई भरुवा बन्दुक चलाएर हत्या गरेको जस्तो देखिन्छ। संजिताको घटनास्थमै मृत्यु भईसकेको छ ।’ डिएसपी चन्दले भने ।
स्थानीय र प्रहरीले घाईते भएका राम बहादुरलाई उपचारका लागि सेती प्रादेशीक अस्पताल लगिएको छ। ‘राम बहादुरको पनि कञ्चट नजिकै गोली लागेको छ। श्रीमतीलाई गोली हानेर आफैलाई गोली हाने जस्तो छ’ डिएसपी चन्दले भने। तर राम बहादुरको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। मृतक संजिताको शव भने घटनास्थलमै रहेको छ। माइती पक्ष पुगेपछि मात्र शव उठाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !