सुर्खेतमा १६ वर्षीया किशोरीको मृत्यु प्रकरण

बलात्कारपछि हत्या गरिएको भन्दै निष्पक्ष छानबिनको माग

बलात्कारपछि हत्या गरिएको भन्दै निष्पक्ष छानबिनको माग
बालिका मृत्यु घटनामा निष्पक्ष छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाउँदै मानवअधिकारकर्मीको टोली।

दैलेख : सुर्खेतको गुर्भाकोट नगरपालिका घर भई वीरेन्द्रनगरमा बस्दै आएको थियो,इनिसा विकको परिवार। उनी सधैं झैं यही फागुन २३ गते पनि बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका माविमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेभित्रै घर फर्किने छोरी ९ बजेसम्म पनि घर नफर्किएपछि उनकी आमाले फोन गरिन्। तर,फोन स्विचअफ थियो।

केही समयपछि उनलाई फोन आयो र भनियो,‘तपाईंकी छोरी सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्,छिटो आउनुपर्‍यो।’जनजागरण सामुदायिक वनसँग जोडिएको सहिद पार्कमा उनी पुग्दा इनिसा बेहोस अवस्थामा थिइन्। शरीर रक्ताम्मे थियो। घटनास्थलमा पुगेका अन्य व्यक्तिहरूले इनिसालाई कर्णाली प्रदेश अस्पताल पुर्‍याए। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले इनिसालाई मृत घोषणा गरे। उक्त घटनापछि मृतक बालिकाको परिवारले ‘सामूहिक बलात्कारपछि मृत्यु भएको’ भन्दै कर्तव्य ज्यान तथा जबरजस्ती करणीको जाहेरी दिएको थियो। घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि हत्या भएको परिवारको दाबी छ। उनीहरूले दोषिमाथी कानुनी कारबाहीको माग गरेका छन्।

उक्त घटनामा प्रहरीले १६ वर्षीय बालकलाई फागुन २३ गते नै घटनास्थलबाटै पक्राउ गरिसकेको छ। पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रदेश अस्पताल सुर्खेतमा शवको पोस्टमार्टम भएको थियो। तर,हालसम्म परिवारजनले शवको अन्त्येष्टि गरेका छैनन्। प्रहरीले थप अनुसन्धानका लागि फागुन २४ गते अन्य १५, १६ र १७ वर्षीय किशोरहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। यस घटनाको प्रहरीले निष्पक्ष रूपमा अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक शाही बताउँछन्।

उक्त घटनामा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयले गम्भीरताका साथ स्थलगत अध्ययन अवलोकन र पीडित परिवार, सुरक्षा निकायका पदाधिकारीसँग भेटघाट गर्दै अनुसन्धानलाई निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले बताए। कर्णालीका मानवअधिकारकर्मीहरूले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। इन्सेक कर्णाली प्रदेश कार्यालय, मानवअधिकार रक्षक सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज संस्था, नवज्योति केन्द्र, फेडो, डब्लूएचआरडी, एड्भोकेसी फोरम र सीमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतलगायत संस्थाहरूले प्रहरीमा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा भनिएको छ,‘गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बसोबास गर्दै आएकी १६ वर्षीया इनिसा विकमाथि वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकको जंगल क्षेत्रमा बलात्कारपछि हत्या गरिएको घटना अत्यन्त दुःखद,अमानवीय तथा निन्दनीय छ,अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्धामा भएको उक्त घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ।’ 

मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरूले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष,गहन तथा शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न र पीडित परिवारलाई तत्काल न्याय दिलाउन माग गरेका छन्। त्यसैगरी,महिला तथा बालिकामाथि हुने यौन हिंसा तथा अपराधका घटनाको रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था,निगरानी र सचेतनामूलक कार्यक्रमहरूलाई थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। उक्त ज्ञापनपत्रको बोधार्थ प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रशासन कार्यालय सुर्खेत,जिल्ला सरकारी वकिल कार्यालय सुर्खेत तथा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयलाई पनि पठाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.