उदयपुर–२ को समानुपातिकतर्फ रास्वपा पहिलो हुँदा श्रम संस्कृति भन्दा तल नेकपा

उदयपुर–२ को समानुपातिकतर्फ रास्वपा पहिलो हुँदा श्रम संस्कृति भन्दा तल नेकपा
सुन्नुहोस्

उदयपुर : प्रतिनिधिसभा सदस्यका लागि उदयपुर–२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो मत प्राप्त गरेको छ । आइतबार राति अबेर सम्पन्न मतपरिणाम अनुसार रास्वपाले १६ हजार ८०१ प्राप्त गरेको हो ।

यो मत सो क्षेत्रको प्रत्यक्षतर्फको भन्दा १ हजार ९९९ मत बढी हो । दोस्रो मत नेकपा एमालेलाई ६ हजार ५२४ आएको छ भने तेस्रोमा नेपाली कांग्रेसलाई ५ हजार ८१८ आएको हो । त्यस्तै चौथोमा श्रम संस्कृति पार्टीलाई ४ हजार ९९२ आएको छ भने पाँचौमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई ४ हजार ६९५ मत आएको छ । 

समानुपातिकमा एमालेले प्रत्यक्षभन्दा १ हजार १२४ मत कम पाएको हो भने कांग्रेसको पनि १ हजार ४७२ मत कम हो । नेपाली कम्युनिष्ट पार्टीले पनि ४२२ मत कम पाएको छ । श्रम संस्कृतिले भने यहाँ ८५३ मत बढि समानुपातिकमा पाएको छ । निर्वाचन अधिकृतको कार्यालय उदयपुर–२ ले दिएको जानकारी अनुसार समानुपातिकतर्फको कुल मत ४५ हजार ७३ गणना हुँदा २ हजार ८८५ मत बदर भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.