जमानत पनि जोगाउन नसकेका स्याङ्जा -१ का ९ उम्मेदवार

जमानत पनि जोगाउन नसकेका स्याङ्जा -१ का ९ उम्मेदवार
फाइल तस्विर

स्याङ्जा : स्याङ्जा क्षेत्र नम्बर १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन नसकेको मुख्य निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।

एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। प्रतिस्पर्धामा रहेका मध्ये विजेता,उपविजेता र तेस्रो स्थानमा रहेका दलहरु रास्वपा,कांग्रेस र एमालेले मात्र जमानत सुरक्षित गरेका छन्।

विजेता रास्वपाका उम्मेदवार धनन्जय रेग्मी, उपविजेता कांगे्रसका भरतराज ढकाल र एमालेका मिनप्रसाद गुरुङको मात्र जमानत जोगिएको छ। यसक्षेत्रमा १ लाख ३० हजार ८८६ मतदाता थिए भने ७० हजार ९४४ मत खसेको थियो। खसेको मतको २ हजार ९०८ मत बदर थियो। कुल सदर मतको १० प्रतिशत पनि मत नल्याउने उम्मेदवारका जमानत जफत हुने प्रावधान छ। क्षेत्र नं. १ मा ६८ हजार ३६ मत सदर भएको थियो। सो सदरमतको १० प्रतिशत मत नआउने उम्मेदवारको जमानत जफत भएको हो। 

जमानत जफल हुनेमा नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरेले १ हजार ५५२ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर रानाले ६९८ मत,श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९ मत, मंगोल नेशनल अर्गनाईजेसनका यामबहादुर गुरुङले २१६ मत पाएका थिए।

यसैगरी उज्यालो नेपाल पार्टीका रविन्द्र मल्लले १७६ मत,नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१ मत,नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियारले ५७ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३०,स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत पाएका छन् । 

त्यस्तै,समानुपातिकतर्फ भने एक सिट पनि नल्याउने दलको पनि धरौटी जफत हुने व्यवस्था छ। 
 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.