अछाम २ मा एमालेका बोगटी विजयी
अछाम : अछाम -२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्। बोगटीले ९ हजार ५१८ मतले विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह ९ हजार ४६ मतसहित पराजित भएका छन्। नेकपाका बलबहादुर कुँवर ६ हजार ४९३ मतसहित तेस्रो र रास्वपाका भुपदेव शाह ४ हजार ५६२ चौथो भएका छन्। २०७९ मा शाहसँग बोगटी पराजित भएका थिए भने २०७४ मा बोगटीसँग शाह पराजित भएका थिए। बोगटीले यो पटक हारको बदला लिएका छन्।
२०७९ मा शाह १७ हजार २८३ मत ल्याएर विजयी भएका थिए। बोगटीले १२ हजार ५१२ मत प्राप्त गरी पराजित भएका थिए। २०७४ को निर्वाचनमा बोगटी २१ हजार ९ सय ६५ मत प्राप्त गरेर विजयी भएका थिए भने शाह १९ हजार १०६ मत ल्याएर पराजित भएका थिए।
प्रतिक्रिया दिनुहोस !