सुनसरी–२ बाट रास्वपाका लालबिक्रम थापा निर्वाचित
सुनसरी : सुनसरी क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालबिक्रम थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका राजीव कोइरालालाई पराजित गर्दै प्रतिनिधि सभाको यात्रा तय गरेका हुन्।
निर्वाचन अधिकृत कार्यालयका अनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार सुजन लामा ८ हजार ३०३ मतसहित तेस्रो स्थान प्राप्त गरेका छन्।
यस निर्वाचन परिणामसँगै सुनसरी–२ मा रास्वपाले प्रभावशाली जित हासिल गरेको छ। थापाको विजयलाई जिल्लामा रास्वपाको बढ्दो जनसमर्थनका रूपमा पनि हेरिएको छ। २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका भीम आचार्य निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !