मातृका यादवलाई निर्वाचित प्रमाणपत्र नदिइएको भन्दै नेकपाको आपत्ति

मातृका यादवलाई निर्वाचित प्रमाणपत्र नदिइएको भन्दै नेकपाको आपत्ति

काठमाडौं : धनुषा निर्वाचन क्षेत्र नम्बर–१ बाट आफ्नो पार्टीका मातृका यादव निर्वाचित भइसक्दा समेत निर्वाचन आयोगले प्रमाणपत्र नदिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आपति जनाएको छ ।

नेकपा केन्द्रिय कार्यालय सचिव गोविन्द आचार्यले एक विज्ञप्ती जारी गर्दै यादव विजयी भएको मत परिणाम सार्वजनिक भइक्दा समेत आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरिसकेको अवस्थामा मत गणनामा विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो ।’ 

आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय हो ।’

अन्तिम मत परिणामअनुसार धनुषा–१ मा मातृका यादवले १० हजार ४३० मत पाएका छन् । नेपाली कांग्रेसका रामपलटन साहको ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डलको ९ हजार २२० मत आएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.