उदयपुर–१ मा रास्वपाका गेलाल बिजयी

उदयपुर–१ मा रास्वपाका गेलाल बिजयी

उदयपुर : उदयपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) का पारसमणि गेलाल बिजयी भएका छन् । गेलाल बिजयी हुँदा प्रमुख ठूला दललाईपछि पार्दै श्रम संस्कृति पार्टी निकटतम प्रतिद्वन्द्वी बनेको छ ।

सोमबार बिहान सम्पन्न मतपरिणाम अनुसार रास्वपका गेलालले श्रम संस्कृति पार्टीका राजेशकुमार राइलाई १८ हजार ९८४ मतको अन्तरले बिजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार गेलालले ३० हजार ५९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृतिका राईले ११ हजार ६०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१, नेपाली कांग्रैसका बिदुर बस्नेतले नौं हजार ६७५, नेकपा एमालेका दुर्गाकुमार थापाले नौं हजार २०६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका डा. नारायण खड्काले यसअघि लगातार बिजयी हुँदै आएका थिए । यो पटक प्रमुख ठूला पार्टी कांग्रेस, एमाले, नेकपाले  ल्याएको मत जोड्दा समेत रास्वपाका गेलाललाइ भेटन सकेनन् ।

गेलालको ३० हजार ५९० मत आइरहँदा तीन पार्टीका उम्मेदवारको २८ हजार ९०२ पुगेको छ । जुन मत एक हजार ६८८ मतान्तर हो । यस क्षेत्रमा एक लाख ४२ हजार ८०४ कुल मतमध्ये ८० हजार ५८ मत खसेको छ । ३५ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा त्रियुगा, चौदन्डीगढी र बेलका नगरपालिका पर्दछन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.