प्रदेश सभामा दुई पटक पराजित भण्डारी पहिलो प्रयासमै बने संघीय सांसद
बैतडी : दुई पटकसम्म बैतडीबाट सुदूरपश्चिम प्रदेशसभा (क) बाट चुनाव लडेका हरिमोहन भण्डारीले पहिलो प्रयासमै प्रतिनिधिसभामा बाजी मारेका छन् । यसअघिका लगातार भएका निर्वाचनमा प्रदेशसभा सदस्यका लागि चुनावी मैदान थिए । दुई पटक निर्वाचनमा पराजय व्यहोरका भण्डारीले यस पटक भने रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि भण्डारीले २२ हजार १३४ मत ल्याउँदै विजयी भएका हुन् । निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याए ।
भण्डारीले वि.स. २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसबाट चुनावी मैदानमा थिए । त्यसबेला तत्कालीन बाम गठबन्धनसँग उनी पराजित भए । वि.स. २०७९ सालमा कांग्रेसबाट टिकट पाएनन् । त्यसपछि उनले कांग्रेस परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका भण्डारीले ११ हजार १८ मत ल्याए पनि जित हासिल गर्न सकेनन् ।
जिल्लाबाट विजय भएसँगै बैतडीको बिकासको लागि योजनाबद्ध भएर अघि बढ्ने बताएका छन् । ‘बैतडीबासीको मायाले यो जित हासिल गरेको छु, यहाँको विकासको लागि मैले धेरै सोचेको छु, अब गरेर देखाउँछु’, भण्डारीले जितपछि छोटो प्रतिक्रियामा भने ।
प्रतिक्रिया दिनुहोस !