उदयपुर–१ मा घन्टीको अग्रतालाई माटोले पछ्याउँदै
उदयपुर : उदयपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रास्वपा घन्टिका उमेदवारको अग्रता कायमै छ । उनलाई श्रमसंस्कृती पार्टी माटोले पछ्याइ रहेको छ ।
प्राप्त मतपरिणाम अनुसार रास्वपाका उमेदवारले सात हजार ९६ मत प्राप्त गरेका छन। उनलाई श्रमसंस्कृती पार्टीले चार हजार ४१२ मत प्राप्त गरि पछ्याएका छन।
त्यसैगरी नेकपा एमाले सुर्यचिन्हले दुई हजार ८२१, नेपाली काङ्ग्रेस रुखले दुई हजार ६७६, नेपाली कम्युनिष्ट पार्टी ताराले एक हजार ९४२ मत प्राप्त गरेका छन।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा एक लाख ४२ हजार ८०४ मध्य ८० हजार ५८ मत खसेको छ। ३५ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा त्रियुगा, चौदन्डिगढी र बेलका नगरपालिका पर्दछन्।
प्रतिक्रिया दिनुहोस !