कास्कीका तीनवटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता
पोखरा : प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा कास्की जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ ।
परम्परागत शक्ति मानिने नेकपा एमाले र नेपाली कांग्रेसलाई पछि पार्दै रास्वपाले सुरुवाती अग्रता कायम राखेको छ ।
कास्की क्षेत्र नम्बर १ मा रास्वपाले १९७८ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेकपा एमालेले ११३४ मत प्राप्त गरेकाे छ । कांग्रेसले ८३९ मत ल्याएको छ, भने नेकपा एकीकृत समाजवादीले ८३ मात्रै ल्याएको छ ।
त्यस्तै कास्की क्षेत्र नम्बर २ मा पनि रास्वपाको अग्रता कायमै रहेको छ । क्षेत्र नम्बर २ मा घण्टीले १११७ मत ल्याउँदा एमालेले ७३३, कांग्रेस ३२२ र एकीकृत समाजवादीले ९४ मत ल्याएको छ ।

कास्की क्षेत्र नम्बर ३ मा भने रास्वपाको मतान्तर झनै बढ्दो गइरहेको छ । क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवारले अन्य दललाई दोब्बरभन्दा बढी मतले पछाडि छाडेका छन्।
रास्वपाले २०७४ मत प्राप्त गरेको छ, भने यस क्षेत्रमा एमाले भन्दा कांग्रेस अग्र भागमा देखिएको छ जसमा कांग्रेसले ८९३ ल्याउँदा एमालेको जम्मा मत ५०६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस !