बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खस्यो
बैतडी : बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १२:३० बजेसम्म २८ हजार १४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए।
जिल्लामा १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । जिल्लामा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ ।
१ निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेका दामोदर भण्डारी,नेपाल क्रिकेट संघका अध्यक्ष समेत रहेका कांग्रेसका चतुरबहादुर चन्द,नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का परमानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी चुनावी मैदानमा छन्।
प्रतिक्रिया दिनुहोस !