बाँकेमा शान्तिपूर्ण मतदान, बिहान ११ बजेसम्म २० प्रतिशत मत खस्यो {फोटो फिचर}
नेपालगञ्ज : बाँकेमा बिहीबार बिहानदेखि शान्तिपूर्ण मतदान भइरहेको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बिहान ११ बजेसम्म करिब २० प्रतिशत मतदान भएको छ । जिल्लामा ३ लाख ५० हजार ३७१ मतदाता छन् ।
सबैभन्दा धेरै मतदाता क्षेत्र नं. १ मा १ लाख २४ हजार ७ सय २७, त्यसपछि क्षेत्र नं. ३ मा १ लाख १७ हजार ३ सय ५४ र क्षेत्र नं. २ मा १ लाख ८ हजार २ सय ९० जना मतदाता रहेका छन् ।





प्रतिक्रिया दिनुहोस !