सर्लाहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

सर्लाहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
सुन्नुहोस्

मलङ्गवा : सर्लाहीको इश्वरपुर नगरपालिका-१३ अन्तर्गत बाके संग्रामपुर सडक खण्डको ठिल्ला नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २ जना समान्य घाइते भएका छन ।

मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका ९ मिर्चैयाका अन्दाजी ३० वर्षीय मुकेश राय र सोही स्थानका अन्दाजी ३५ वर्षीय रामज्ञान राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 त्यसैगरी घाइते हुनेहरुमा हरिपुर्वा ९ का २२ वर्षीय बिक्रम राय र सोही स्थानका ४२ वर्षीय राम विश्वास राय रहेका छन। अन्दाजी राति ८ बजेको समय दुर्घटना भएको हो। कुन दिशाबाट सवारी साधन कता तिर गएको हो त्यो यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मुकेश र रामज्ञानलाई लालबन्दीको मोडेल अस्पतालमा समान्य उपचार पश्चात थप उपचारका प्रादेशिक अस्पताल मलङ्गवा पठाउदा राती १० बजे तिर चिकित्सकले मृत घोषणा गरेको थियो। 

समान्य घाइते भएका बिक्रम र राम विश्वासलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा राखेको छ। उनीहरुलाई ईलाका प्रहरी कार्यालय केशरगन्जमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.