सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्कर दिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध
सिन्धुली : मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ।
सोलुबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले ठक्कर दिँदा गोलन्जोर २ बस्ने ठाकुर बयलकोटीको छोरा वर्ष ८ को अषिक बयलकोटीको मृत्यु हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार पैदलयात्री बयलकोटीलाई सुमोले ठक्कर दिएको थियो। सोमोको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो।
उनको स्थानीय गोलन्जोर आधारभूत अस्पतालमा उपचारका क्रममा आइतबार साँढे ३ बजे मृत्यु भएको हो। बालकको मृत्यु भएसँगै स्थानीयले गोलन्जोर गाउँपालिका-३ ग्वाल्टारमा मध्य पहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। स्थानीयले सडकमा ढुंगा, मुढा, ड्रम, टायर, बाँस तेर्साएर दुवैतर्फी यातायात अवरुद्ध गराएका हुन्।
दुर्घटनापछि सुमोका चालक सोलु नेचसल्यान गाउँपालिका-२ बस्ने वर्ष २७ को गोपाल भुजेलले र सुमोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मृतक बालकको शव गोलन्जोर आधारभूत अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !