दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत

दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत
सुन्नुहोस्

तानसेन : तिनाउँ गाउँपालिकाको वडा नं. ३ दोभान सडकमा टिपर र  मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा गुल्मी पुर्तिघाट ४ बस्ने ३१ वर्षीय मोटरसाइकल चालक मिलन कार्की र रुपन्देही बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने २८ वर्षीया सिता राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले बताए। 

लु २ ख १८८३ नम्बरको टिपरले लु ४९ प ७७९५ नम्बरको मोरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। घाइते दुवैलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.