टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

तानसेन : तिनाउँ गाउँपालिका–३ दोभान सडकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख १८८३ नम्बरको टिपरले लु ४९ प ७७९५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा एक जना पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमबहादुर चौधरीले बताए । दोभान प्रहरी चौकीका अनुसार घाइते अवस्थामा सडकबाट उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएको भए पनि  दुबैको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

मृतक दुबैको आधिकारिक रुपमा सनाखत भइनसकेको भए पनि मृतकको साथमा गुल्मी पुर्तिघाट निवासी मिलन सार्कीको काजगात भेटिएको छ । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.