दैलेखका दुई क्षेत्रमा चार पक्षीय प्रतिस्पर्धा

दैलेखका दुई क्षेत्रमा चार पक्षीय प्रतिस्पर्धा
सुन्नुहोस्

दैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दैलेखका दुई क्षेत्रमा चारपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ। उम्मेदवारी दर्तासँगै दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दैलेखका चारपक्षीय प्रतिस्पर्धा हुने पक्कापक्की भएको हो। दुईवटै निर्वाचन क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुनेछ। 

दैलेख निर्वाचन–१ मा नेकपा एमालेले पार्टीको प्रदेश उपसचिवसमेत रहेका रवीन्द्रराज शर्मालाई उम्मेदवार बनाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट अम्मरबहादुर थापाले नै उम्मेदवार बनेका छन्। शर्मा र थापा दुवै परीक्षण भइसकेका नेताहरू हुन्। रास्वपाले नन्दकिशोर (एनके) बस्नेतलाई उम्मेदवार बनाएको छ। बस्नेत पहिले एमालेमा थिए। 

एमालेबाट उम्मेदवार बनेका रवीन्द्रराज शर्मा ०७४ मा प्रतिनिधिसभा निर्वाचन जितेका थिए। २०७९ को निर्वाचनमा भने उनी पराजित भएका थिए। अहिले पनि उनै उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसले यो क्षेत्रमा महिला नेतृ बास्ना थापालाई उम्मेदवार बनाएको छ। 

थापाले यसपालि अन्य पार्टीका पुराना नेताहरूसँग चुनावी प्रतिस्पर्धा गर्दैछिन्। कांग्रेसले महिला नेतृ उम्मेदवार पाएसँगै दैलेख–१ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। यो क्षेत्रमा सदरमुकाम समेत रहेको नारायण नगरपालिका, महावु, भगवतीमाई, डुंगेश्वर, नौमूले र गुराँस गाउँपालिका गरी ६ वटा स्थानीय तह पर्छन्।

दैलेख–२ मा कांग्रेसले दिक्पालकुमार शाहीलाई पुनः उम्मेदवार बनाएको छ। यसपालि कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिएका उनी अघिल्लो अर्थात् ०७९ को निर्वाचनमा टिकट पाएर निर्वाचित भएका थिए। त्यसबेला उनले माओवादीसहितको समर्थनमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरेका थिए। उक्त क्षेत्रमा एमालेबाट पनि पुनः लक्ष्मीप्रसाद पोखरेल नै उम्मेदवार बनेका छन्। उनी बलियो जनमत भएका नेता मानिन्छन्। ०७० मा संविधानसभा चुनाव जितेका उनी यसपालिका एमालेको गुमेको साख फर्काउने प्रयासमा रहनेछन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट योगेन्द्रबहादुर शाही उम्मेदवार छन्। उनी ०७९ मा दैलेख–२ प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा निर्वाचन लडेका थिए। यद्यपि, पराजित भए। शाही कर्णालीका बौद्धिक नेतामा गनिन्छन्। 

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका शाही अहिले प्रतिनिधिसभामा उम्मेदवार बनेका छन्। अर्कातर्फ रास्वपाले पनि यहाँ अहिले बलियो उम्मेदवार उठाएको छ। नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी प्रमुख बखतबहादुर शाहीले रास्वपाबाट चुनावी 
मैदानमा छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.