रुकुम पूर्वबाट प्रचण्डले गराए मनोनयन दर्ता

रुकुम पूर्वबाट प्रचण्डले गराए मनोनयन दर्ता

रुकुम पूर्व  : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आफ्नो मनोनयन दर्ता गराएका छन् । उनले मंगलबार मुख्य निर्वाचन कार्यालय रुकुम पूर्व पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ताका क्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता,कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । जनयुद्धको ऐतिहासिक उद्गम थलोका रूपमा चिनिने रुकुम पूर्वबाट प्रचण्डको उम्मेदवारीलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले जनताको विश्वास र समर्थनका आधारमा परिवर्तन र समृद्धिको यात्रालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले रुकुम पूर्वमा सहिद परिवार,घाइते तथा अपांग परिवारबाट व्यापक सहयोग र समर्थन पाएको समेत बताएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.