शीतलहर प्रभावमा होमियोप्याथी

शीतलहर प्रभावमा होमियोप्याथी
फाइल तस्बिर

जाडो याम प्रकृतिको स्वाभाविक चक्र हो। तर जब सामान्य जाडो असामान्य रूपमा तीव्र, लामो र जीवन–प्रतिकूल हुन्छ, तब त्यस अवस्थालाई ‘शीतलहर’ (कोल्डवेभ) भनिन्छ। शीतलहर केवल मौसमको समस्यामात्र होइन, यो मानव स्वास्थ्य, सामाजिक जीवन, आर्थिक गतिविधि र समग्र जनजीवनमा गहिरो प्रभाव पार्ने प्राकृतिक प्रकोप हो।

नेपाल, भारतको उत्तरी भूभाग, बंगलादेश, पाकिस्तानजस्ता दक्षिण एसियाली देशहरूमा हरेक वर्ष जाडोको समयमा शीतलहरका कारण सयौं मानिसको ज्यान जाने, हजारौं बिरामी पर्ने र दैनिक जीवन अवरुद्ध हुने गरेको देखिन्छ। विशेषगरी गरिब, वृद्ध, बालबालिका र दीर्घरोगीहरू शीतलहरको सबैभन्दा बढी सिकार हुन्छन्। शीतलहर भनेको के हो ? शीतलहर भनेको कुनै क्षेत्रमा सामान्यभन्दा अत्यधिक कम तापक्रम लामो समयसम्म रहनु हो। शीत झर्नु हो। जसले मानव स्वास्थ्य र दैनिक जीवनमा गम्भीर असर पारिदिन्छ।

सामान्य जाडो र शीतलहरको फरक

सामान्य जाडो – मौसमी सहन सकिने। सामान्य असर। छोटो अवधि। असामान्य शीतलहर – असामान्य     असह्य। प्राणघातक असर। लामो अवधि।
शीतलहर किन हुन्छ ? यो बुझ्न पर्छ। सामान्यतः उच्च चाप प्रणाली र ध्रुवीय चिसो हावाका कारण यो हुन्छ। दक्षिणतर्फ सर्दा शीतलहर प्रायः उत्पन्न हुन्छ। यसमा अन्य कारण पनि छन्। पश्चिमी वायुको प्रभाव– हिमाली क्षेत्रबाट आउने चिसो हावाका कारण तापक्रम तीव्र रूपमा घटाउँछ। कुहिरो र शीत बढाउँछ। बादल र घामको अभाव– लामो समयसम्म घाम नलाग्नु, कुहिरो बाक्लिनु र पृथ्वीको सतह तात्न नपाउनु आदि।

शीतलहरको भौगोलिक प्रभाव
तराई क्षेत्र – कुहिरो अत्यधिक। तापक्रम अचानक घट्ने। बालबालिका, वृद्ध र गरीब बढी प्रभावित।
पहाडी क्षेत्र– चिसो हावा। हिमपात। आवागमन अवरुद्ध।
हिमाली क्षेत्र– अत्यधिक शीत। जीवन जोखिमपूर्ण। पशुपालन र मानव बस्ती प्रभावित।
शीतलहरको स्वास्थ्यमा प्रभाव
शीतलहरको सबैभन्दा गम्भीर असर मानव स्वास्थ्यमा देखिन्छ :–
१.     शरीर अत्यधिक चिसिनु– (हाइपोथ्रमिया) शरीरको तापक्रम ३५ डिग्रीभन्दा तल झर्नु। ठिहुरिने काँप्ने। बोली अस्पष्ट। चेतना गुम्नु र मृत्यु हुनु।
२.     श्वासप्रश्वाससम्बन्धी रोग– दम (आस्थमा)। निमोनिया। ब्रोंकाइटिस। (सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज) बिग्रनु।
३.     हृदयघात र रक्तचाप– रक्तनली संकुचित हुनु। ब्लडप्रेसर बढ्नु। हृदयघातको जोखिम।
४.     बालबालिकामा प्रभाव– निमोनिया। कुपोषण। रोगसँग लड्ने क्षमता कमजोर हुनु।
५.     वृद्ध र दीर्घरोगी– मधुमेह। मुटुरोग। मानसिक अवस्था बिग्रनु।

शीतलहरको मानसिक प्रभाव
शीतलहर केवल शरीरलाई मात्र होइन, मन र भावनालाई पनि प्रभावित गर्छ। निराशा। उदासीपन। चिडचिडापन। एक्लोपनको अनुभूति। अल्छीपन। जाडोयाममा हुने उदासीपन (सिजनल अफेक्टिभ डिसअर्डर)। चिन्ता र डर। घामको कमीले। सेरोटिन (ह्याप्पी) हार्मोन्स कम हुनु। मेलाटिनिन हार्मोन्स (उदासीपन) ल्याउने बढी हुनु। मानसिक 
असन्तुलन हुन्छ।
सामाजिक र आर्थिक प्रभाव
क) गसरब वर्ग– न्यानो कपडाको अभाव। सुरक्षित आवास नहुनु। दैनिक मजदुर प्रभावित। वृद्ध र बालबालिकाको मृत्यु दर बढ्नु।
ख) शिक्षा– विद्यालय बन्द। बालबालिकाको पढाइ प्रभावित।
ग)     कृषि– नगदेबाली नष्ट हुनु। तरकारी उत्पादन घट्ने। किसानको आम्दानी घट्ने।
घ)     यातायात– बाक्लो कुहिरो लाग्नु। सडक दुर्घटना हुनु। हवाई उडान रद्द हुनु।
ङ)     जलवायु परिवर्तनका कारण– मौसम तातो हुँदै गएको। शीतलहर अझ अनियमित र घातक। प्राकृतिक सन्तुलन बिग्रिँदै गएको।
शीतलहरबाट बच्ने उपायहरू
अ)     व्यक्तिगत स्तरमा– न्यानो कपडा लगाउने। शरीर सुक्खा राख्ने। चिसो हावाबाट बच्ने। तातो खाना र पेयपदार्थको सेवन गर्ने। अनावश्यक घरवाट बाहिर नजाने।
आ)     घर र समुदाय स्तरमा– न्यानो आवास। आगो वा सुरक्षित ताप उपकरणको प्रयोग गर्न। सामूहिक चेतना
इ)     स्वास्थ्य सतर्कता– वृद्ध र बालबालिकाको विशेष हेरचाह। नियमित स्वास्थ्य जाँच। आफूले खाँदै गरेको औषधि निरन्तर सेवन गर्ने।
शीतलहरमा उपयोगी प्रमुख होमियोप्याथिक औषधि
एकोनाइट नेपलस– अचानक चिसो हावा लागेपछि रोग लाग्ने। डर, घबराहट र मृत्युको भय हुने। सुक्खा चिसो हावाबाट समस्या हुने। आर्सेनिक एल्बम– अत्यधिक चिसो महसुस हुनु। कमजोरी महसुस हुनु। चिन्ता र बैचैनी बढ्नु। रक्सटाक्स– चिसो र ओसिलो मौसममा दुखाइ हुने। शरीरको जोर्नीमा कडापन। हिँडडुल गर्दा आराम हुन्छ। 
डल्कामारा– चिसो र भिजेको मौसमपछि रोग। रुघाखोकी लाग्ने। छालामा समस्या। हिपर सल्पर– चिसो सहन नसक्ने। न्यानो चाहिने। संक्रमणको प्रारम्भिक अवस्था। कल्केरिया कार्ब– कमजोर प्रतिरोधात्मक शक्ति। चिसोमा चाँडै बिरामी हुने। बालबालिका र वृद्धमा उपयोगी।

उपरोक्त उल्लेखित औषधिहरूको प्रयोग आफ्नो नजिक कुनै योग्य तथा अनुभवी चिकित्सकको सल्लाह लिई प्रयोग गर्दा उचित हुन्छ। यसमा रोगको नाममा कुनै औषधि हुँदैन किनकि होमियोप्याथिक व्याक्तिगत चिकित्सा हो। निष्कर्ष, शीतलहर सामान्य जाडो होइन। केवल मौसमको समस्या होइन। यो जनस्वास्थ्यमा संकट हो। सामाजिक चुनौती हो। वातावरणीय चेतावनी हो। यदि समयमै सचेतना, तयारी, सहकार्य गरियो भने शीतलहरबाट हुने पीडालाई धैरै हदसम्म घटाउन सकिन्छ।
(मिश्र, वरिष्ठ होमियोप्याथिक कन्सलटेन्ट हुन्।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.