‘साहासी हवलदार’ सयौंको अराजक भिड रोकेर अदालत जोगाइन, अदालतले गर्‍यो सम्मान

‘साहासी हवलदार’ सयौंको अराजक भिड रोकेर अदालत जोगाइन, अदालतले गर्‍यो सम्मान
सुन्नुहोस्

दाङ : भदौ २४ गते भइरहेको जेनजी आन्दोलन दिउँसोदेखि हिंसात्मक गतिविधिहरूमा पुगिसकेको थियो। त्यस बेला अरूको सुरक्षा छाडेर सुरक्षाकर्मीहरू आफ्नो बचाउमा केन्द्रित भइसकेको अवस्था थियो।

केन्द्रदेखि युनिटसम्म पनि आफ्नो बाहेक अरूको सुरक्षामा ध्यान नदिन र जसरी पनि, आफू बच्नु, सकिएमा हतियार, उपकरण सुरक्षित गर्नु भन्ने निर्देशन निरन्तर प्रवाह भइरहेको थियो। दाङमा पनि धेरै सरकारी संरचना, गैरसरकारी संरचना, निजी घरहरू आन्दोलनको नाम खरानी भइरहेका थिए। 

हिंसात्मक घटना र आगजनीबाट दाङसहित देशका विभिन्न क्षेत्रमा खरानी भए। ड्युटीमा खटिएका सुरक्षाकर्मी ज्यान जोगाउन तर्फ लागे आन्दोलन नियन्त्रण बाहिर पुगिसकेको थियो। तर, दाङ जिल्ला अदालतमा कार्यरत एक महिला सुरक्षाकर्मी सहायक प्रहरी हवलदार संगीता अधिकारी भने आफ्नो सुरक्षाको जिम्मामा रहेको कार्यालय जिल्ला अदालत जोगाउने प्रयासमा लागिन्। आन्दोलनकारीहरुलाई अनुनय विनय गरे पछि हट्न बाध्य पारिन् धेरै आन्दोलनकारीले उनको अनुरोध सुने। उनीहरूसँग एक्लै लड्ने साहस बटुलिन्। अनि अदालत जोगाइन् पनि।

जेनजी आन्दोलनको समयमा भदौ २४ जिल्ला अदालतको परिसरमा ड्युटीमा रहेकी सहायक हवलदार संगीता दिउँसो अदालत परिषदमा एक्लै सुरक्षामा खटिएकी थिइन। अन्य साथीहरू ब्यारेक सुरक्षामा थिए। नजिकैको जिल्ला समन्वय समिति जलिरहेको देखेकी संगीताले त्यो भिड अदालतमा आउने पक्का जस्तै ठानिन। उनका कमान्डर सहितका सहकर्मीहरु ब्यारेक र युनिट संरक्षण र बचाउमा लागेका थिए। उनी भने अदालतको गेटमा सुरक्षार्थ रहेको थिइन।

केही मिनेटमै त्यो हुल अदालतमा नै आइपुग्यो र आक्रमण सुरु गर्‍यो। केहीले ढुंगामुडा गर्न थाले केही सामान निकालेर आगो लगाउन थाले। त्यसो गरिरहेका सबैसँग संगीताले यसो नगर्न र यो हाम्रै कार्यालय हो, सबैलाई चाहिन्छ यसो नगर्नुहोस् भन्दै गुहार गरिन। सयौंको भीडलाई बोलीले फर्काइन। ‘अदालत तपाईं हाम्रो  सम्पति हो यो जोगाउनु पर्छ,’ भनिन। आफ्नो सुरक्षाको कर्तव्य निभाइन साहस बटुलिन् आफू बचिन् र अदालतको महत्वपूर्ण फाँट, कागजात, र संरचना जोगाउन सफल भइन्।

‘विगत डेढ वर्षदेखि अदालतको सुरक्षाको लागि खटिएकी थिए,’ संगीता भन्छिन्, मेरो कर्तव्य पालन गरेको हुँ अरू त के गरेँ र।’ ‘आफू खटिएको ठाउँमा सुरक्षा गर्नु कर्तव्य ठाने आन्दोलनकारीसँग अनुरोध गरेको हु सबै नभए पनि केही जोगियो,’ उनले भनिन, सबै जोगाउन पाएको भए हुन्थ्यो, सकिएन।’ खालि हात थिए। आँखै अगाडि जलाउन थाले पछि जोगाउन लागे,’ उनले भनिन, ‘आफू खटिएको निकायमा सास रहँदासम्म प्रयास गर्नुपर्छ भनेर गरेको हुँ। १०० प्रतिशत त गर्न सकिएन।’

उनको त्यो साहस र आँट अहिले चौतर्फी प्रशंसाको विषय बनेको छ। प्रहरी संगठन भित्र र बाहिर समेत उनलाई धन्यवाद दिने र प्रशंसा गर्ने गरिएको छ।

अदालतको सम्मान
दाङ जिल्ला अदालतले कार्यालय बचाउन महत्वपूर्ण तथा ठूलो प्रयास गरेको भन्दै प्रहरी सहायक हवलदार संगीता अधिकारीलाई सम्मान गरेको छ। अदालत परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले सम्मान गरेका हुन। काम कर्तव्यमा दत्त चित्त भएर सेवा गरेको र कार्यालय जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई अदालतले नगदसहित सम्मान गरेको स्रेस्तेदार (उपसचिव) भुपाल भण्डारीले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.