कुकुरको टोकाइबाट कसरी जोगिने ?

कुकुरको टोकाइबाट कसरी जोगिने ?

प्रायः सुनिन्छ कि बाटोमा हिँड्दा कुकुरले टोक्छ वा खेद्छ  ।  प्रत्येक वर्ष, विश्वभर कुकुरले टोकेका लगभग ४५ लाखलाई टोकेको सुनिन्छ  ।  कुकुरको टोकाइपछि तपाईंलाई रेबिज वा अन्य कुनै रोग लाग्न सक्छ ।  रेबिजका कारण एसियामा हरेक वर्ष १८ हजारभन्दा बढीको मृत्यु हुन्छ ।

कुकुरहरूले किन टोक्छन् ?         
डराएको महसुस गर्दै हिँड्नेलाई कुकुरले टोक्ने गरेको पाइन्छ  ।  कुकुरको र्‍यालमा ब्याक्टेरिया पाइन्छ र यदि त्यसले तपाईंलाई टोक्यो भने, यदि उचित उपचार गरिएन भने, त्यो ब्याक्टेरिया शरीरमा पुग्न सक्छ  ।  र, संक्रमित गर्न सक्छ ।  तपाईंलाई असह्य पीडा र अन्य धेरै समस्याहरू हुन सक्छन् ।  

रेबिज भाइरसबाट हुने रोग हो ।  यो रोगले केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ र उपचार नगरिएमा घातक हुन सक्छ ।  रेबिज केवल रेबिज भएका वा रेबिजविरुद्ध खोप नलगाएका कुकुरहरूको टोकाइबाट हुन्छ ।

कसरी जोगिने ?         
–    बाटोमा विस्तारै  हिँड्नुहोस्  । 
–    कुकुरले पछ्याउँदा चिच्याउने वा कराउने काम नगर्नुहोस् ।
–    आफ्नो हात र अनुहार छोप्नुहोस० सम्भव भएसम्म कुकुरलाई रोक्न झोला वा ज्याकेटजस्ता वस्तु प्रयोग गर्नुहोस्  ।
–    लड्नबाट जोगिनुहोस् ।
–    आफ्नो घाँटी, कान र टाउको जोगाउने प्रयास गर्नुहोस् । 
–    कुकुरको आँखामा सिधै नहेर्नुहोस् ।
–    यदि कुकुर दौडिरहेको छ भने स्थिर रहनुहोस्  ।  बिस्तारै पछाडि हट्नुहोस् । 
–    यदि सम्भव भएमा, रूख वा खम्बा पछाडि लुक्ने प्रयास गर्नुहोस् । 

प्राथमिक उपचार 
यदि तपाईंलाई कुकुरले टोकेको छ भने, ब्याक्टेरिया संक्रमणको जोखिम कम गर्न तुरुन्तै चोटपटकको उपचार गर्नुपर्छ  ।  
डेटोलले घाउ पुछ्नुहोस् र साबुन लगाउनुहोस् ।

५–१० मिनेटसम्म बगिरहेको पानीमा धुनुहोस् । शरीरको प्रभावित भागलाई थोरै माथि राख्नुहोस् ।  यदि कुनै एन्टिबायोटिक क्रिम छ भने, घाउमा लगाउनुहोस् । घाउमा पट्टी लगाउनुहोस् र डाक्टरसँग परामर्श गर्नुहोस् ।

कुकुरको टोकाइबाट भएका सबै घाउहरू, साना घाउहरू पनि, पूर्ण रूपमा निको नभएसम्म संक्रमणको संकेतहरूको लागि निगरानी गर्नुपर्छ । 

कुकुरहरूले प्रायः धेरै गम्भीर रूपमा टोक्दैनन् र धेरैजसो पीडितहरू बालबालिका हुन्छन् ।  कुकुरको टोकाइबाट केही संक्रमण वा जटिलताहरू हुन सक्छन् ।  यदि कुकुरले टोकेको छ र मासु च्यातिएको छ वा त्यो कुकुरको दाँत धेरै गहिरो रूपमा प्रवेश गरेको छ भने छालामा दागहरू छोड्न सक्छ ।  टोकेको ठाउँमा सुन्निन सक्छ ।  ज्वरो, मुटुको धड्कन बढ्ने आदिजस्ता लक्षणहरू देखिन्छन् ।  यो सुन्निने समस्या सामान्यतया एन्टिबायोटिकले निको हुन्छ ।  तर यदि संक्रमण फैलियो भने, सेप्सिसको जोखिम हुन्छ । 

रेबिजका लक्षणहरू विभिन्न देखिन सक्छन्  ।  उत्तेजित र बेचैन, अनिद्रा, चिन्ता, भ्रम, अत्यधिक र्‍यालपानीको डर, निल्न गाह्रो हुन सक्छ ।

कतिवटा खोप लगाउनु पर्छ ?        
कुकुरको टोकाइबाट हुने रोगबाट बच्नको लागि केही मानिसहरूले सावधानीका रूपमा खोप लगाउँछन् ।  यसलाई प्रि–एक्सपोजर खोप भनिन्छ ।  यो खोप घरमा कुकुर भएका वा कुकुर पाल्ने मानिसहरूलाई दिनुपर्छ ।  यदि तपाईं त्यस्तो ठाउँमा जाँदै हुनुहुन्छ जहाँ रेबिजका धेरै केसहरू छन् वा धेरै आवारा कुकुरहरू छन् भने, तपाईंले पनि प्रि–एक्सपोजर खोप लगाउनुपर्छ । 

यो खोप ती व्यक्तिहरूका लागि हो जसलाई रेबिजको लागि सुई लगाइएको कुकुरले टोकेको छ ।  यस्तो अवस्थामा, तीन वटा सुई दिइन्छ ।  पहिलो सुई कुकुरले टोकेको दिन २४ घण्टाभित्र दिइन्छ ।  दोस्रो सुई तेस्रो दिनमा दिइन्छ ।  र तेस्रो सुई कुकुरले टोकेको ७ दिनपछि दिइन्छ ।

प्रि–एक्सपोजर खोप
पोस्ट एक्सपोजर खोप– यसले खोपको ५ डोज लिन्छ ।  तेस्रो डोज प्रि–एक्सपोजर खोपजस्तै हो ।  चौथो डोज चौधौं दिनमा दिइन्छ र पाँचौं डोज २१ वा २८ औं दिनमा दिइन्छ । 

रेबिजको पहिलो सुई लगाउँदा, यसको साथमा टिटानसको सुई पनि दिइन्छ ।  यसको कारण यो हो कि कुनै पनि संक्रमित घाउबाट टिटानस हुन सक्छ ।  कुकुरले टोक्दा वा खरोंच्दा, घाउ कुकुरको र्‍याल वा यसको पञ्जाबाट संक्रमित हुन्छ ।  यही कारणले गर्दा तपाईंले पहिलो दिन रेबिजसँगै टिटानसको सुई पनि लगाउनुहुन्छ । 

अन्तमा, तपाईंले यो कुरा मनमा राख्नुपर्छ कि कुकुरले टोकेको अवस्थामा खोप लगाउनुपर्छ, चाहे तपाईंको घरपालुवा कुकुरले तपाईंलाई टोकेको होस् ।  यसो गरेर, तपाईं आफूलाई रोगहरूबाट बचाउन सक्नुहुन्छ । 

यदि तपाईंको वरपरका मानिसहरूलाई कुकुरले टोकेको अवस्थामा सुई लगाउनुपर्छ भन्ने कुरा थाहा छैन भने, मानवताको रूपमा, तपाईंले उनीहरूलाई पनि सचेत गराउनुपर्छ र खोप लगाउनुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.