लागुपदार्थको सेवन : लतमात्र होइन !

लागुपदार्थको सेवन : लतमात्र होइन !
सुन्नुहोस्

मद्यपान र धूमपानभन्दा हजारौं गुणा हानिकारक र खतरनाक छ, लागुपदार्थ  । मद्यपान र धूम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछन् भने लागुपदार्थहरूले तुरुन्तै असर गर्छन् । यी पदार्थहरू यति खतराजनक छन् कि दुई/चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्दछ  । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जिउन सक्दैन  । यी पदार्थको दुव्र्यसनीहरूले जब यी वस्तुहरू पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन्  । तब उनीहरू यी पदार्थ पाउन जे जस्ता कार्य (अपराध) पनि गर्न तयार हुन्छन्  । यिनीहरू यी वस्तुको सेवन गरेर मुर्दाको रूपमा सुतिरहेका हुन्छन्  । जब उनीहरू निद्राबाट ब्युँझिन्छन्, फेरि यही पदार्थ सेवन गर्न उद्यत् हुन्छन्  । स्म्याक, ब्राउन सुगर, एलएसडीजस्ता कैयौं नामका लागुपदार्थहरू आजकल प्रयोगमा ल्याइएका छन्  । यस्ता पदार्थहरू तरल र इनजेक्सनका रूपमा पनि प्रयोगमा ल्याइएका छन्  । 

सन् १९६० को दशकमा व्यस्त जीवनबाट छुट्कारा पाउन चाहने पश्चिमी देशका युवायुवतीहरू पर्यटकको रूपमा नेपाल आउनु र साथमा विभिन्न किसिमका लागुपदार्थ भित्रिनु साथै पश्चिमी भन्नासाथ अन्धाधुन्ध अनुकरण गरिने परिपाटी केही नेपालीमा पनि देखिन थाल्यो  । समाजमा चलेको मूल्य, मान्यता र व्यवहार आदिलाई वास्ता नगरी आनन्दी र बन्धनमुक्त हुने आशयले काठमाडौंको मन्दिर, गल्ली र रेस्टुँरा, होटेलमा लागुपदार्थ सेवन गरेर आफ्नै मोजमस्तीमा रम्ने गरेको व्यवहार नेपाली युवा जमातले पनि सिके  । यसको नकारात्मक असरले गर्दा देशका युवापुस्तालाई समेत विस्तार विस्तार गाँज्न थाल्यो र उनीहरूको नैतिकता, धर्म संस्कृतिमाथि समेत ह्रास हुन थालको अनुभूति हुन थाल्यो  ।

अर्काको देखासिकी गर्न वा तन्द्रामा रम्न, गाँजा चरेस, हेरोइन आदि पदार्थ सेवनमा आकर्षित हुन थाल्नाले हाम्रो देशमा पनि दुव्र्यसनको समस्याले पिरोल्न थालेको देखिन्छ  । यस्तै दुव्र्यसनका कारणले गर्दा एचआईभी/एड्स संक्रमण, चोरी, लुट, बलात्कार, हत्या, डकैती, यसको बेचबिखन, कालाबजारीजस्ता असामाजिक व्यवहार तथा अपराधले गर्दा आज आएर युवा जगत नै बदनामी र बरबाद भई देशकै अवस्था कमजोर भन्नुमा अत्युक्ति नहोला  । हाम्रो देशमा लागुपदार्थ सेवन गर्नेहरूको संख्या करिब डेढ लाख पुगिसकेको अनुमान गरिएको छ  । साथै युवाहरूमा मानसिक तनाव बढ्न गई लागुपदार्थ दुव्र्यसनमा फस्न गइरहेका छन्  । सोबाट युवा जनशक्तिलाई बचाउनुपर्ने समेत ठूलो चुनौतीको रूपमा खडा भएको छ  । विश्वमा गएको शताब्दीबाट लागुऔषध कारोबार धेरै बढेको पाइन्छ  । लागुऔषधको असन्तुलित प्रयोगले मात्र विश्वमा बर्सेनि १९ लाख मानिसको मृत्यु हुने गर्दछ भने यसको प्रयोग गर्ने मान्छेको संख्या यकिन गर्न सकिने अवस्थामा छैन्  । नेपाल लागुऔषध ट्रान्जिटको जोखिममा छ  । 

शारीरिक र मानसिक पीडा, राजनीतिक बिक्री, निहित स्वार्थ आदिको समेतको तनावलाई भुल्न तथा मुक्त गर्न युवाहरू लागुपदार्थ सेवन गर्ने गरेको पाइन्छ  ।  जसले गर्दा शरीरको कार्यमा नकारात्मक प्रभाव पार्दछ  । यसअन्तर्गत धेरै वस्तुहरू पर्छन्  । जस्तैः अफिम, हेरोइन (स्म्याक, ह्वाइट पाउडर), पेथेडिन, अफिम कोडिन, गाँजा, चरेस, कोकिन इत्यादि  । त्यस्तै चेतना, मनस्थिति र व्यवहारलाई प्रभावित पार्ने अरू पनि धेरै औषधिहरू छन्  । जो चक्की वा झोलमा हुन्छन्  । तिनीहरूलाई ‘मनोद्विपक औषधि’ भनिएता पनि लागुपदार्थ नै हुन्  । फरक यतिमात्र हो कि यसको सेवन र कारोवार अवैध मानिँदैन तर यसमा हाल आएर गृह मन्त्रालय, औषधि व्यवस्था विभाग र अधिकार प्राप्त सम्बन्धित डाक्टरको सिफारिस बिना क्रमशः आयात, बिक्रीको लागि राख्न तथा बिरामीले प्रयोग गर्न समेत निषेध गरिएको छ  । त्यसकारण मानिसको स्नायु प्रणालीलाई प्रभावित पारी चेतना, अनुभूति र मनोभावलाई विकृति आउने कुनै पदार्थ वा त्यस्तो पदार्थबाट प्रशोधित औषधिलाई नै लागुपदार्थ भनिन्छ  । लागुपदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले लठ्ठिने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुने जस्ता अवस्थामा पुग्छन्  । यदि सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्छन्   ।

लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो  । लागु औषधिको उत्पादनदेखि बिक्री वितरण, ओसारपसार, दुरुपयोग र सेवनकर्ता सबै पक्षमा नियन्त्रणको प्रभावकारी नीति र संयन्त्र भई समस्या हल गर्न मद्दत पुग्नेछ  । नेपाललाई यसबाट बचाउनु आज हामी सबैको कर्तव्य हुन आएको छ  । त्यसैले जनचेतना र सद्व्यवहारजस्ता हाम्रा संकल्प र प्रयासहरूले मात्र दुव्र्यसनमा रोक लगाउन सकिन्छ  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.