पोखरिया नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत र नासु अख्तियारको नियन्त्रणमा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिएको छ।
पोखरीया नगरपालिकामा कार्यरत कर्मचारीहरूले विभिन्न योजनाहरूको स्वीकृति र कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौंबाट खटिएको आयोगको टोलीले बहुदरमाइका प्रशासकीय अधिकृतसमेत रहेका श्रीवास्तव र साहलाई शुक्रबार वीरगन्जको प्रतिमा चोकबाट नियन्त्रणमा लिएको हो।
उनीहरूको साथमा रहेको चार थान मोबाइल पनि बरामद गरिएको छ। पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंह र वडा नं. २ का सचिव ओम प्रकाश चौरसियाको साथमा रहेको मोबाइल पनि बरामद गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए।
प्रतिक्रिया दिनुहोस !