सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार

विवाहित महिलालाई एकल महिला भनी भत्ता उपलब्ध गराउने गाविसका तत्कालीन अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा

विवाहित महिलालाई एकल महिला भनी भत्ता उपलब्ध गराउने गाविसका तत्कालीन अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको छ। 

नरैनापुर गाउँ विकास समिति बाँकेका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव ,कार्यालयका सचिवद्वय सावित राम कुर्मी,अशोक कुमार श्रीवास्तवलगायत १७ जनाविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

अख्तियारका सहायक प्रवक्ता  देवीप्रसाद थपलियाका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सचिव र मुखियाको मिलेमतो गरी नियम विपरीत भत्ता वितरण गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा साविक नरैनापुर गाउँ विकास समितिका तत्कालीन अध्यक्ष श्रीवास्तवसमेत १७ जनाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता वितरणमा हिनामिना गरेको खुल्न आएको अख्तियारको दावी छ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आर्थिक वर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जनालाई व्यक्तिलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एक महिलाको रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको उनीहरूमाथि आरोप छ।

सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिलाई समेत प्रतिवादी बनाइएको छ। साहजिमा खातुन,अवधराम बढही,राम जिवन पासी, मनोरानी अहिरनी,रामचन्द्र धोबी,लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया,हरीराम अहिर र बारि खाँ,मोति भुजुवा र सन्तराम बडहीलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको हो। 

उनीहरूविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ बिगो,सजाय र कैद माग गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.