कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउन पहल गरिरहेकी छु : परराष्ट्रमन्त्री

कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउन पहल गरिरहेकी छु : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व रहेको बताएकी छन्। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई बुधबार धनगढीमा सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, 'मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो। त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो।'

उनले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको बताइन्। कानुनमा सुधार गरेर हुन्छ या नयाँ नीति नियमहरू बनाएर लगानीमैत्री वातावरण निर्माण गरी स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनमा वर्तमान सरकार लागेको उनको भनाइ छ।

मन्त्री राणाले सरकारको आर्थिक विकासको एजेण्डालाई थप प्रवर्द्धन गर्न आफूले परराष्ट्र मन्त्रालयमा अलग्गै आर्थिक कूटनीति महाशाखाको स्थापना गरेर कूटनीतिका माध्यमबाट विदेशी लगानी भित्र्याउने कामका लागि सहजीकरण गरिरहेको जानकारी दिइन्। कुनै पनि देशको आर्थिक विकासको इञ्जिन भनेको निजी क्षेत्र हो भन्ने मान्यतामा वर्तमान सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस रहेको स्पष्ट गर्दै लगानीमैत्री नीति तथा कानुनहरू निर्माण गरेर बढीभन्दा बढी लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको उनले बताइन्।

'जुनसुकै लगानीका लागि पनि राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्छ, यो स्वाभाविक हो। त्यस्तै कुनै पनि देशमा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न स्वदेशी लगानीकर्ताहरूलाई पनि उचित वातावरण आवश्यक पर्छ। यो वास्तविकता बुझेर वर्तमान सरकारले काम गरिरहेको छ,' उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.