यार्सागुम्बासहित एकजना पक्राउ
खाँदबारी : यार्सागुम्बासहित सङ्खुवासभामा एकजना पक्राउ परेका छन्। खाँदबारी नगरपालिका–३ मा साढे १ केजी यार्सागुम्बासहित ४६ वर्षीय ऐन बहादुर शाही पक्राउ परेको जिल्ला प्रहरी सङ्खुवासभाले जनाएको छ।
जुम्लाको सिंजा गाउँपालिका–३ का शाहीले राजस्व छलि गरी अवैध रूपमा ल्याउँदै गरेको यार्सागुम्बासहित शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेक कुमार श्रेष्ठले बताए।
जिल्लाकै मकालु गाउँपालिकाको नुमकबाट खाँदबारी आउने क्रममा नगद २५ हजार ४३० रुपैयाँ सहित शाही पक्राउ परेका हुन्। कारबाहीका लागि शाहीलाई यार्सागुम्बा र नगदसहित डिभिजन वन कार्यालय सङ्खुवासभा बुझाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !