डा. हेनिमैनको योगदान

डा. हेनिमैनको योगदान
सुन्नुहोस्

१० अप्रिल १७५५ मा क्रिश्चन फैड्रिक सैमुयल हैनिमेनको जन्म जर्मनीमा भएको थियो। जसलाई होमियोप्याथीमा हैनिमेनको नामले चिनिन्छन्। उनले चिकित्सा जगत्मा अनेकौं क्रान्तिकारी पहल गरे। हैनिमेनले तत्कालीन चिकित्सा पद्धति एलोप्याथीमा विशेष योग्यताको साथ (एमडी) को उपाधि हासिल गरे। तर उनले आफ्नो चिकित्सा व्यवसाय सुरु गर्दा त्यसबेलाको प्रचलित चिकित्सा विधिमा न त रोग निदानको साथै चिकित्साको नै कुनै सुनिश्चित नियम नै  थियो।

अनुमानको भरमा चिकित्सा गरिन्थ्यो। त्यस बेलाको चिकित्सामा बिरामीलाई जुका लगाउनु, रगत निकाल्नुजस्ता उग्र तरिकाको प्रयोग गर्न आवश्यक मानिन्थ्यो। जसले गर्दा बिरामी निको हुनुको सट्टा अवस्था गम्भीर भई मृत्यु हुन्थ्यो। यस किसिमको चिकित्साबाट उनले त्यसबेलासम्म सन्न्यास लिए, जबसम्म चिकित्सामा  कुनै यस्तो नीति–नियमको अविष्कार हुँदैन, जसलाई आधार मानेर उपचार गर्दा रोगी सहज र सुनिश्चित तरिकाले पूर्णरूपमा स्वस्थ होस्।

अन्ततः उनले स्वयं होमियोप्याथी चिकित्साको अविष्कार गर्न सफल भए। होमियोप्याथी अर्थात् समानताको आधारमा चिकित्सा गर्नु हो। भारतीय चिकित्सा पद्धतिमा पनि यही सूत्र विद्यमान थियो। तर हेनिमेनभन्दा पूर्व कसैले पनि यस सूत्रलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याएका थिएनन्। अतः चिकित्सा क्षेत्रमा यो सबैभन्दा ठूलो र पहिलो पहल हो। यसैगरी यिनको अर्को महŒवपूर्ण पहल हो, जीवनी शक्ति (भाइटल फोर्स) को चिकित्सा क्षेत्रमा समावेश गर्नु। जीवन शक्ति त्यो ऊर्जा हो जसले शरीररूपी यन्त्रलाई जीवन प्रदान गर्दछ। यद्यपि हेनिमेनको जीवनी पढ्दा, भारतीय चिकित्सापद्धति तथा भारतीय आध्यात्मबारे उनलाई कुनै जानकारी नै थिएन। तथापि आफ्नो निजी अन्वेषण र चिन्तनको आधारमा जीवनशक्तिको महत्त्वलाई बुझेका थिए।

चिकित्सामा अंग्रेजीमा एउटा शब्द (चिकित्सित) को सन्दर्भमा उपयोग गरिन्छ। तर हेनिमेनले यस शब्दलाई पहिलोपटक पूर्ण आरोग्यको अर्थ दिए। उनले यसलाई अर्गेनन औफ मेडिसिनमा निम्नलिखित शब्दमा परिभाषित गरे। सहज बोधगम्य सिद्धान्तको आधारमा द्रुत गतिले सौम्य र स्थायी तरिकाले  अल्पमत समयमा पूर्णरूपले विश्वसनीय तथा बिल्कुलै हानिरहित तरिकाले  निवारण गरे। र, स्वास्थको पुनस्र्थापना गर्नु आरोग्यको उच्चतम आदर्श हुन्छ। यद्यपि हेनिमेनको समयमा रोग निदानको लागि कुनै यान्त्रिक विकास भएको थिएन।  कुनै पनि उन्नतम यन्त्र ( मेसिन)द्वारा रोगीको पीडाको संकेतसम्म दिन सकिँदैन।

वास्तविक रोगको कारण पत्ता लाग्दैन। तर हेनिमेनले त्यस युगमा पनि रोग निदानको यस्तो विधिको पहल गरे, जो एक प्रकारले शाश्वत र सार्वभौमिक छ। उनले यो भनेका होइनन् कि रोगलाई निको पार्नु छ, वल्की अर्गेनन्को तेस्रो अनुच्छेदमा भनेका छन् कि रोगमा कसलाई आरोग्य बनाउनु छ। मानिस केवल हाड, मासु र छालाको शरीरमात्र होइन, वल्की उसको आफ्ना विचारधारा छ। भावनाहरू छन्। उसको आफ्नो इच्छा–अनिच्छा इत्यादि हुन्छ। भिन्न–भिन्न मानिस– मौसम परिवर्तनले भिन्न तरिकाले प्रभावित हुन्छ। यी सबै कुरालाई मिलाएर व्यक्तिको उसको आफ्नो व्यक्तित्व बन्दछ। जुन स्वस्थ्यको समय एक प्रकारको हुन्छ भने रोगको अवस्थामा यो व्यक्तित्व बदलिन्छ। यो बदलाव भिन्न–भिन्न लक्षणहरूद्वारा प्रकट हुन्छ। हेनिमेनले पहिलोपल्ट अर्गेनन् अफ मेडिसिनमा यसै लक्षणहरूद्वारा रोगको निदान गर्ने सुनिश्चित तरिका बताए। 

हेनिमेनले पहिलोपटक कुनै पनि रोगको चिकित्साको सम्बन्धमा भनेका छन, यदि चिकित्सकलाई यो ज्ञान छ कि स्पष्टरूपले परिभाषित सिद्धान्तको आधारमा (समानताको सिद्धान्त) कि जुन औषधिमा आरोग्य कारक छ र उसले रोगीमा जुन व्याधि (रोग) खोज गर्‍यो यसको अनुकूलन गर्न जान्दछ। ताकि रोगीको स्वास्थ्यमा निश्चित रूपले सुधार होस् अर्थात् हस्तगत रोगमा बान्धित प्रतिक्रिया गर्न सक्ने औषधिका चयन गर्न (औषधिको चयन) सकोस्। उनले औषधिको समुचित निर्माण विधि जुन प्रत्येक औषधीय पदार्थलाई एक सुनिश्चित अनुपातमा गणितय यान्त्रिक विधिबाट सरलीकृत गरे र त्यसमा निहित (प्रसुप्त) जीवनी शक्तिलाई प्रभावित गर्न सक्ने ऊर्जाको ज्ञान प्राप्त गर्ने विधिको पहिलोपटक आविष्कार गरे। जसलाई उनले शक्तीकरण ( पोटेन्टाइजेसन) को नाउ दिए। यो एक वैज्ञानिक हो। कुनै पनि ऊर्जा केवल अन्य शक्तिशाली अनुकूल या प्रतिकूल ऊर्जाबाट नै प्रभावित हुन सक्छ। अन्य कुनै यान्त्रिक तरिकाले हँुदैन। जीवनी शक्ति एक ऊर्जा हो। यसमा विकृति आउने साथ जीवनी शक्तिको जीवनको प्रक्रियामा परिवर्तन हुनाले व्याक्ति रोगी हुन्छ। अतः रोगीलाई  निरोगी बनाउनको लागि औषधीयद्वारा प्रभावित गर्नको लागि औषधि पनि ऊर्जा रूपमा हुनु आवश्यक छ।

अतः यो आविष्कार धेरै महत्त्वपुर्ण छ। कुनै ऊर्जालाई अन्य ऊर्जाद्वारा प्रभावित गर्नको लागि उक्त उर्जा अधिक शक्तिशाली हुनुपर्छ। विचारणीय कुरो के छ भने कुनै ऊर्जाको कुनै भौतिक मात्रा हुन सक्दैन बल्की अधिक शक्तिशाली ऊर्जाको अत्यअल्प मात्रा बान्धित प्रभाव उत्पन्न गरिदिन्छ। हेनिमेनले आफ्नो परीक्षणमा पाए कि पोटेन्टाइजेसन जति बढी हुन्छ, औषधिको जीवनीलाई प्रभावित पार्ने शक्ति त्यति नै बढी हुन्छ।

हेनिमेनले पहिलोपटक यो निर्देश र सुझाव पनि दिए कि औषधिको मात्राको पुनरावृत्ति कहिले गर्नुपर्छ अथवा औषधि कहिले बदलिनु पर्छ। उनले चिकित्सकको कर्तव्यमा यो निर्देश दिने पनि पहल गरे रोगीको स्वास्थमा सुधार भइरहेको बेला कस्ता व्यवधान छ र त्यसलाई कसरी हटाउन सकिन्छ। ताकि रोगीको स्वास्थको पूर्णस्थापना स्थायी रूपले हुन सकोस्। यो कुराको पनि चिकित्सकलाई ज्ञान हुनु आवश्यक छ कि रोगीलाई के आवश्यक छ र जीवनचर्यामा के परिवर्तन गर्नुछ आदि आवश्यक कुराहरू हुन्छन्। तत्सबन्धी सुझाव पनि दिन्छ। त्यो चिकित्सक विवेकपूर्ण र तर्कपूर्ण चिकित्साकला जान्दछ र ऊ आरोग्य कलाको सच्चा व्यवसायी हो।

अन्त्यमा सञ्जीवनी विधा होमियोप्याथीका अविष्कारक डा. हेनिमेनलाई उनको २०७० औं जन्मजयन्तीको पावन अवसरमा हार्दिक श्रद्धाञ्जलिको साथै कोटी–कोटी नमन् गर्दछु। अस्तु।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.