कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी

कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको तयारी
सुन्नुहोस्

विराटनगर  : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।  सरकारबाट बाहिरिएको १ महिनापछि शुक्रबार माओवादीले समर्थन पनि फिर्ता लिने भएको हो । कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । 

केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन यथावत राखेको थियो । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ । 

बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । उनका अनुसार यसअघि सरकारबाट पार्टी बाहिरिएको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखिएको थियो । 

माओवादी संसदीय दलको बैठक आज बस्दैछ । ‘दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिन्छौं,’आङ्बोले भने,‘समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ ।’ यता कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन । 

आन्तरिक किचलोमा फसेको कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार विस्तार अनिश्चित बनेको छ । सरकारमा नगए पनि कांग्रेसले आजको प्रदेशसभा बैठकमा भने सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादीले सहयोग गरेको थियो ।

 माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका हुन् । तर,केन्द्रमा गठबन्धन फेरबदल भएसँगै माओवादीको सत्ता सहयात्रा टुंगियो । कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि माओवादी प्रतिपक्षमा पुगेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.