बागमती प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस

बागमती प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सरकारले वैशाख ३१ गते  बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि वर्षे अधिवेशन बोलाउन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। 

मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रदेश प्रमुख शर्माले संसद् अधिवेशन आह्वान गर्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। बजेट अधिवेशनको रुपमा रहेको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्ने तथा छलफल गरी पारित गरिने जनाइएको छ। 

गत वैशाख १२ गते राती १२ बजे प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो। त्यस्तै बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा दिपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ। 

मन्त्रिपरिषदबाट नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० पहिलो संशोधन स्वीकृत गर्नुको साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड २०८१ स्वीकृत गरिएको छ। 

त्यस्तै खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि २०८१ स्वीकृत भएको छ। प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद्को स्थापना हुने स्थान, सङ्गठन तालिका, दरबन्दी तेरिज कार्यविवरण, छाप र साइनबोर्ड स्वीकृत गर्नुको साथै वन क्षेत्र प्रयोग हुने रुख कटान गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.