गाँजासहित मकवानपुरका दुई महिला वीरगन्जमा पक्राउ

गाँजासहित मकवानपुरका दुई महिला वीरगन्जमा पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा गाँजासहित मकवानपुरका दुई महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-२ की ४२ वर्षीया इन्द्र कुमारी चेपाङ  र त्यही ठाउँकी ४२ वर्षीया फुलमाया स्याङ्बो रहेका छन्। 

उनीहरूको साथबाट १० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
 

उनका अनुसार नारायणगढबाट वीरगन्ज आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको यात्रुबाहक बस प्रहरीले वीरगन्ज–२१ गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा उक्त बसेको पछाडिको सिटमा बसेका इन्द्र र फुलामायाको साथमा रहेको कालो रङको २ वटा झोलाबाट १० केजी गाँजा बरामद गरिएको थापाले बताए।

गाँजासहित पक्राउ परेका दुवै महिलालाई प्रहरी हिरासतमा राखेर उनीहरुविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.