मुस्ताङमा  तिलिचो ताल र निलगिरि पदमार्ग स्तरोन्नति गरिँदै

मुस्ताङमा  तिलिचो ताल र निलगिरि पदमार्ग स्तरोन्नति गरिँदै
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले विश्वकै अग्लो उचाइको तिलिचो ताल जाने पदमार्ग र निलगिरी आईसफल पदमार्ग सडकको स्तरोन्नति सुरु गरेको छ। यी दुवै सडक पर्यटकीय पदमार्ग हुन्। 

प्रधानमन्त्री रोजगार कार्यक्रम २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकामा तिलिचो ताल पदमार्ग सडक र निलगिरी आईसफल जाने पदमार्ग सडक मर्मत/सुधार एवं स्तरोन्नति सुरु गरिएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्ष घरपझोङ गाउँपालिकालाई ५० लाख ७ हजार बजेट विनियोजन भएको घरपझोङ गाउँपालिकाकी रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिइन्। उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन संघीय सरकारबाट २१ लाख ४९ हजार र वैदेशिक ऋण सहायता २८ लाख ५८ हजार  बजेट विनियोजन भएको हो । 

घरपझोङ गाउँपालिका ४ र ५ नम्बर वडामा तिलिचो र निलगिरि आईसफल पदमार्ग सुधारका लागि २८ जना बेरोजगार स्थानीय जनशक्ति परिचालन गरिएको छ। गाउँपालिकाको अन्य वडाहरूमा सिँचाइ कुलो निर्माण तथा स्तरोन्नतिका साथै अन्य कार्यमा ३७ जना बेरोजगार स्थानीय जनशक्तिलाई परिचालन गरिएको घरपझोङकी रोजगार संयोजक श्रीसले उल्लेख गरिन्।

घरपझोङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६५ जनालाई दैनिक ज्याला ७६० रुपैयाँ दिने सम्झौता गरी सय दिनका लागि काममा खटाएको रोजगार संयोजक श्रीसको भनाइ छ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि घरपझोङका १,२ र ३ नम्बर वडाहरूमा १२/१३ जनाका हिसाबले काममा खटाइएको हो भने वडा ४ र ५ मा रहेका २८ जना बेरोजगार युवाहरूलाई पदमार्ग मर्मत तथा सुधारमा लगाइएको रोजगार संयोजक श्रीसले जनाइन्। घरपझोङ गाउँपालिकाको रोजगार शाखाले  तिलिचो पदमार्ग र निलगिरि आइसफल पदमार्ग मर्मत/सुधार एवं स्तरोन्नतिका लागि २५ किलोमिटरको दूरी तय गरेको छ। 

घरपझोङ-५ ठिनी हुँदै नमुखलेंकसम्म जाने पदमार्ग सडक अन्तर्गत चालु वर्षको रोजगार कार्यक्रमको बजेटले  नमखुलेंक तलको झोर खोलादेखि नमखु खर्कसम्म र नमखुलेंक खर्कको पदमार्ग सडकदेखि निलगिरि आईसफल हुँदै सैनिक उच्चशिखर शिक्षालय कैसाङ माथिको छमा ताल पहुँच मार्गको सोचिलेंकसम्मको पदमार्ग सडकको मर्मत तथा सुधार एवं स्तरोन्नति गरिने रोजगार संयोजक श्रीसले बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.