एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ। बैठक वैशाख ३१ गतेदेखि काठमाडौंमा बस्ने भएको छ। यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको थियो। 

पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए। वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जनवर्गीय संगठनका कार्यप्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका संगठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल केन्द्रित रहने महासचिव भुसालले बताए।

सोही बैठकबाट देशभर पार्टी संगठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफलका साथै प्रदेश, क्षेत्र र भुगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने पनि जनाइएको छ।

त्यस्तै बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गर्ने र संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने छ। 

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनमा समेत छलफल हुनेछ। सो पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.