दुर्गमका मतदान केन्द्रमा अव्यवहारिक खर्च वितरण , व्यवस्थापन गर्नै गाह्रो

दुर्गमका मतदान केन्द्रमा अव्यवहारिक खर्च वितरण ,  व्यवस्थापन गर्नै गाह्रो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

चुलाचुली (इलाम) : इलामको चुलाचुली गाउँपालिका -६ मा भोलि (बैशाख १५मा) हुने उपनिर्वाचनका लागि सामान ढुवानी गर्न मात्रै १६ हजार खर्च भयो। तर, त्यहाँ सामान ढुवानीका लागि मतदान अधिकृतले खर्च गर्न पाउने रकम नौ हजार मात्रै हो । 

इलाम क्षेत्र नम्बर- २ मा भोलि प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । १५ गते साँझै जिल्लाभरबाट मतपेटीका संकलन गर्नेगरी सुरक्षा निकाय मतदान स्थलमा पुगेका छन् । तर, अव्यहारिक खर्च वितरणको कारणले दुर्गम क्षेत्रका मतदान स्थलमा व्यवस्थापनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतले आफ्नै गोजीको खर्च गर्ने अवस्था रहेको चुलाचुली गाउँपालिका -६ को मिक्लाचोङ्ग माविमा रहेको मतदान केन्द्रका मतदान अधिकृत मातृका प्रसाद दहालले बताए । 

उनले भने, ‘ढुवानीका लागि मतदान अधिकृतले पाउने नौ हजार रुपयाँ हो, हामी यहाँ आइपुग्दा १६ हजार त ढुवानीमा खर्च भयो ।’व्यवस्थापन खर्च भनेर ५ हजार रुपैयाँ छुट्याइएको त्यस केन्द्रमा दुई सय  मिटरबाट विद्युत ल्याउन मात्रै ६ हजार खर्च भएको उनले सुनाए ।

 
उनले भने ‘सडक, विधुत र अन्य भौतिक पूर्वाधार भएको मतदान केन्द्र र दुर्गम गाउँको मतदान स्थललाई समान खर्च व्यवस्थाले व्यवस्थापनमा कठिनाइ आएको छ ।  सो क्षेत्रमा पुग्न मात्रै इलामबाट झापाको विर्तामोड, दमक, मोरङको मिक्लाजुङ हुँदै मतदानका सामग्री पुर्‍याइएको थियो । 

अभावका बीचमा पनि नमुना रुपमा मतदान सम्पन्न गर्ने तयारीमा जुटेको सहायक मतदान अधिकृत गोविन्द प्रसाद ढकालले बताए । उनले भने, ‘राजनीतिक दल र स्थानीयको सहयोग भने यहाँ उत्साहजनक छ ।’ त्यहाँ ६ सय ४४ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमका त्यहाँ चार सयको हाराहारीमा मतदान गरेका थिए । 

मतदान अधिकृत दहालले भापाको दमकबाट ४६  किलो मिटर कच्ची सडक पार गरेर मतदान केन्द्रमा आएको बताए । इलामकै बाटो इलाम सदरमुकाम आउन करिब पाँच घण्टा लाग्ने उनले जानकारी दिए । २०८० भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । ४२ वडा रहेको निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदाता मध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।  

इलाम २ मा  निर्वाचनका लागि ७९ मतदान स्थल रहेको छ । यी मतदान स्थलमा १४९ मतदान केन्द्रमा मतदान गराउने तयारी भएको छ ।  निर्वाचनका लागि  ७४५ कर्मचारी निर्वाचनमा खटाइएको छ । 

मुख्य निर्वाचन अधिकृत केशवप्रासद घिमिरेले निर्वाचन सम्पन्न गरेको २ दिन भित्र मत परिणाम घोषणा गर्ने तयारी गरेको जानकारी दिए । बैशाख १५ गते इलाम जिल्लाभरी सार्वजनीक यातायात नचल्ने गरी सर्वदलीय बैठकले निर्णय गरेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.