आफ्नै पाठ्यपुस्तक पढाउँदै जुगल

आफ्नै पाठ्यपुस्तक पढाउँदै जुगल
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरेको छ। गाउँपालिका भित्रका सबै विद्यालयमा ‘हाम्रो जुगल’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो। गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ। 

गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले जानकारी दिए। ‘शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यपुस्तक तयार गरी लागू गरेका छौँ’, उनले भने। 

राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ। स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने अध्यक्ष रेशम स्याङबोको भनाइ छ। स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषता समेतको जगेर्ना गर्ने लक्ष्य राखिएको उनले बताए।

 
‘स्थानीय पाठ्यक्रम लागू भएपछि गाउँपालिका भित्रका विशेषतासहितको अध्ययन र अनुसन्धान गर्न सजिलो भएको छ, छायाँमा परेका विषयवस्तुलाई संरक्षण गर्न सहज हुने छ’, अध्यक्ष रेशम स्याङबो भने। गाउँपालिकाभित्र रहेका ४० सामुदायिक विद्यालयले पाठ्यपुस्तक अध्यापन गराइरहेका शिक्षा अधिकृत प्रदीप पराजुलीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.