लहानमा पहिलो ‘थारू होम स्टे’

लहानमा पहिलो ‘थारू होम स्टे’
सुन्नुहोस्

सिरहा : सिरहाको लहान नगरपालिका–१५ बानो गाउँमा मधेस प्रदेशको पहिलो ‘होम स्टे’ सुरु भएका छन्। बानो गाउँ थारू सामुदायिक होम स्टे सञ्चालनमा आएपछि चहलपहल बढेको छ। घरका भित्ताहरू रंगिएका छन्। स्थानीय स्तरमा रोजगारी सिर्जना, संस्कार र संस्कृति झल्काउने उद्देश्यले होम स्टे सुरु गरेका छन्।

यो थारू समुदायको बस्तीमा १ सय ८ घर छन्। जहाँ सुरु चरणमा ११ घरमा आगन्तुकको लागि बसोबासको व्यवस्था मिलाइएको छ। होम स्टे सञ्चालनका लागि समिति बनाइएको छ। जसमा अधिकांश महिलाहरू छन्। उनीहरूलाई सुरुमा नगरपालिकाले तालिम र अन्त ठाउँठाउँका होम स्टेहरू निरीक्षण गराएका छन्।

सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले ३५ लाख बजेट विनियोजन गरेको छ। सो भवनका लागि २ कट्ठा जग्गा स्थानीय मुक्ति चौधरी, अच्छमितलाल चौधरी र समुझलाल चौधरीले दान गरेका हुन्।

चितवन, उदयपुरलगायतका ठाउँठाउँमा घुम्दा आफ्नो वडामा पनि यस्तै होम स्टे स्थापना गरेर महिलाहरूलाई रोजगारीमा लगाउने सोच आएको थियो वडाध्यक्ष तेजनारायण चौधरीलाई। उनी भन्छन्, ‘सोहीअनुसार काम अगाडि बढाएका छौं। स्थानीय उत्पादनलाई अधिकतम प्रयोग गरी यहाँ खाने परिकारहरू बनाइन्छ। जसले आगन्तुकलाई स्थानीय स्वाद प्रदान गराउँछ।’ उनका अनुसार थारू समुदायको परिकार तेलपुरी, चामलको भुजा, बगिया, घोघीँ, लोकल परेवा, कुखरा मासुलगायत उपलब्ध छ।

आधुनिकीकरणले गाउँमा रोजगारी गुम्दै गएकोले होम स्टेले आशा पलाएको स्थानीय रुद्रनारायण चौधरी बताउँछन्। ‘हामीले यहाँ ढिकीमा कुटेको च्युरा खुवाउँछ। जुन मिल आउँदा पाउन मुस्किल भएको छ। अर्गानिक तरकारीहरू होम स्टेमा रहेको छ,’ चौधरीले भने, ‘यस वडाका सबै पर्यटकीयस्थल पनि होम स्टेबाट घुम्न सजिलो हुन्छ।’

यस वडामा हात्तीदह, राजदेवी मन्दिर, गोसाइँडाँडा ताल, नमुना मुसहर बस्ती छन्। ‘लहान बजारबाट नजिकै छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.