राष्ट्रको उज्यालो भविष्य निर्माण गर्न एमाले निर्णायक शक्ति बन्नुपर्छ : महासचिव पोखरेल

राष्ट्रको उज्यालो भविष्य निर्माण गर्न एमाले निर्णायक शक्ति बन्नुपर्छ : महासचिव पोखरेल
सुन्नुहोस्

उनले इलाम र बझाङमा हुने उपनिर्वाचनमा बलियो र निर्णायक शक्ति निर्माणको सन्देस दिन नेकपा (एमाले)का सूर्यध्वजावाहक उम्मेद्वारहरुलाई मतदान गर्न आह्वान गरे।

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको उज्यालो भविष्य निर्माण गर्न एमाले निर्णायक शक्ति बन्नुपर्ने दाबी बताएका छन्। जनादेशमार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलको विकास नहुँदा अस्थिरता बढेको दाबी गरेका छन्। 

उनले राजनीतिक अस्थिरताको कारण नीतिका आधारमा राजनीतिक ध्रुविकरण हुन नसकेको स्पष्ट पारे। ‘नेपालको अविकास र कुशासनको महत्वपूर्ण कारण मध्ये राजनीतिक अस्थिरता एक हो। राजनीतिक अस्थिरताको कारण नीतिका आधारमा राजनीतिक ध्रुविकरण हुन नसक्नु हो।’ महासचिव पोखरेलले भने, ‘नेपालमा धेरै राजनीतिक दलहरुका बीचमा जनमत विभाजन हुनु र चुनावी जनादेश मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलको विकास हुन नसक्नु हो।’

उनले एमाले जनताको रोजाईको पहिलो पार्टी बनेपनि राष्ट्रिय आवश्यकता अनुरुप सुदृढ बन्न नसकेको उल्लेख गरे। पोखरेलले भने, ‘यति बेला नेकपा(एमाले) जनताको रोजाईको पहिलो पार्टी त बनेको छ तर राष्ट्रिय आवश्यकता अनुरुप सुदृढ अझै बन्न सकेको छैन।’ उनले इलाम र बझाङमा हुने उपनिर्वाचनमा बलियो र निर्णायक शक्ति निर्माणको सन्देस दिन नेकपा (एमाले)का सूर्यध्वजावाहक उम्मेद्वारहरुलाई मतदान गर्न आह्वान गरे। पोखरेलले भने, ‘तपाईहरुको सकारात्मक योगदानले राष्ट्रको उज्यालो भविष्यलाई संकेत गर्नेछ।’

कोशी प्रदेशको इलाम-२ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा बैशाख १५ गते उपनिर्वाचन हुँदैछ। एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमन बहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.