मदन भण्डारीलाई सम्झिदै भक्कानिइन् विद्यादेवी भण्डारी

मदन भण्डारीलाई सम्झिदै भक्कानिइन् विद्यादेवी भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छन्।  सोमबार हिरक जयन्तीको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन  गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन्।

उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताइन्। मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन्। उनले मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका निम्ति सबैले मिलेर कार्य गर्नुपर्ने अवस्था विद्यमान रहेको धारणा राखिन्।

भक्कानिदै भनिन्, 'नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो। नेकपा एमालेको प्रेरणा , प्रोत्साहन एवं कार्यकर्ता सदस्य यथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रुपमा लाग्ने परिवेश निर्माण भएको हो।'

त्यस्तै भण्डारीले कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजनका बारेमा गम्भीर रुपमा समिक्षा गर्नुपर्ने बेला आएको पनि बताइन्।उनले मदनले विकास  गरेको जनताको बहुदलीय जनवादलाई थप कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याइन्। उनले संविधानले मार्ग निर्देशन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताइन्।

भण्डारीलाई आज नेकपा एमालेले राष्ट्रिय गौरवको पदकबाट सम्मान गरेको छ। पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टीले दिएको सम्मानले थप जिम्मेवारी महशुस भएको प्रतिक्रिया दिइन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.