बागलुङ कालिका मन्दिरमा भक्तजनको भिड

बागलुङ कालिका मन्दिरमा भक्तजनको भिड
सुन्नुहोस्

बागलुङ : बागलुङ कालिका भगवती मन्दिरमा चैताष्टमीको दिन भक्तजनहरूको भीड लागेको छ। चैते दशैं समेत भनिने नवरात्र पर्वको मुख्य दिन मंगलबार चैताष्टमी पर्वको दिन मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको हो। 

देशकै प्रसिद्ध शक्तिपठीको रुपमा परिचित बागलुङ कालिका मन्दिरमा मंगलबार देशभरबाट भक्तजनहरूको उपस्थिति रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। 

उनले बागलुङ कालिकामा पूजाअर्चना गर्नाले मनोकांक्षा पुरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आउने गरेको बताए। ‘चैताष्टमीमा मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ,’ अध्यक्ष खड्काले भने,‘अघिपछि १ वटा ढोकाबाट मात्र पूजाअर्चना गर्ने गरिएपनि चैताष्टमीमा तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ।’

मन्दिरमा काठमाडौँ, पोखरादेखि विभिन्न ठाउँबाट मन्दिर दर्शनका लागि बर्सेनि भक्तजन आउने गरेका छन्। पछिल्लो समय चैताष्टमीको बेला १०, १५ प्रतिशत भारतीय भक्तजनहरू पनि वृद्धि भएको अध्यक्ष खड्काले बताए। मन्दिरमा चैताष्टिमा नवरात्रभर बिहान ४ बजेदेखि नै भक्तजनहरू मन्दिरमा दर्शनका लागि पुग्ने गरेका छन्। 

अध्यक्ष खड्काले मुख्य दिन (चैताष्टमी) बिहान २ बजेदेखि मन्दिर दर्शनका लागि दर्शनार्थीको घुइँचो लागेको बताए। ‘चैते दशैंमा बागलुङ कालिका मन्दिरमा विशेष पूजाआराधना हुन्छ,’ अध्यक्ष खड्काले भने,‘दर्शनार्थीको भीड र मन्दिर परिसरमा लाग्ने चैते दशै मेलालाई मध्यनजर गर्दै २०० सुरक्षाकर्मी समेत परिचालन र ठाउँ–ठाउँमा सिसि टिभि जडान गरिएकोले दर्शनार्थीले ढुक्क भएर मन्दिरमा पूजा गर्न मिल्ने वातावरण छ।’
 
कालिका मन्दिरमा महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ। मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ। पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ। उनले मंगलबार मात्र सवा लाख भन्दा बढी दर्शनार्थी मन्दिरमा आएको बताए। 
कालिका भगवती मन्दिरको दर्शनका लागि पुगेका भक्तजन जगन्नाथ आचार्यले कालिकाको दर्शन गरेमा आँटेको मनोकाँक्षा पुरा हुने जनविश्वास रहेकोले दर्शनका लागि आएको बताए। 

उनले कालिका भगवतीको दर्शनले आँटेको कामको गन्तव्यमा पुर्‍याउन मानसिक तनावहरू कम गर्दै एकीकृत रुपमा अगाडि बढ्न प्रेरित गर्ने मन्दिर दर्शनका लागि पुगेका बताए। यस्तै अर्को भक्तजन सिर्जना कार्कीले शान्ति र प्रगति एक अर्काका परिपूरक रहेकोले आत्माको शान्तिका लागि मन्दिर आउने गरेको बताइन। उनले सानैबाट हिन्दु संस्कृतिमा हुर्केकोले धर्मप्रति लगाव रहेको र सद्भाव र सहकार्य गर्न मन्दिरको दर्शनले सहयोग पुर्‍याउने बताइन। 

चैताष्टमीका अवसरमा गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमा परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको ऐतिहासिक चैताष्टमी मेला सञ्चालन गरेको छ। चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म सञ्चालन गरिएको मेलाका अवसरमा खुला पुरुष भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, खुला छेलो फाल्ने प्रतियोगिता, विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना समेत गरिएको छ। 
कालिका भगवती मन्दिर क्षेत्रमा हरेक वर्ष लाग्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले बताए। पर्यटन प्रबर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ। 

चैताष्टमीका अवसरमा मन्दिरको दर्शन गर्न मात्र नभई आफूलाई स्थानीय उत्पादनहरू ठेका, डाला नाङ्ला, डोको लगायतका घरेलु उत्पादन बिक्री गर्नका लागि गाउँ–गाउँबाट झर्ने गर्दछन्। मन्दिर परिसरमा बागलुङका गाउँ–गाउँबाट ल्याइएका स्थानीय उत्पादनहरू बिक्रीका लागि राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.