सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुवै दाबी अस्वीकृत

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुवै दाबी अस्वीकृत

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पेस भएका दुवै दाबी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको दाबी अस्वीकृत गरेका हुन्। दुवैको दाबीमा निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुखको भनाइ छ।

यसैबीच प्रदेश प्रमुख मियाँले दुई दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउन थप दुई दिनको समय दिएका छन्। उनले वैशाख ६ गते बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्ववान गरेका छन्।

'नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१।०१।०२ गते बेलुका ५:०० बजे भित्र दाबी पेश गर्न आह्वान गर्नुभएकोमा नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्य बाट दाबी पेश हुन आएको सन्दर्भमा दुबै दाबीको आधारमा निस्कर्षमा पुग्न नसकिएको हुदाँ माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दावी सहित मिति २०८१।०१।०६ गते बेलुका ५:०० बजे भित्र दावी पेश गर्न आह्वान गर्नु भएको छ,' प्रवक्ता दीर्घराज भट्टले जारी गरेको पत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.